नगेन्द्र राई
झापाको भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा भएको आगलागीमा परेका विचल्नी शरणार्थीलाई आज विभिन्न दातृ निकायले खाद्यान्न लगायत बन्दोबस्तीका सामाग्री उपलब्ध गराएका छन् ।
नेपाल रेडक्रस सोसाईटी झापा शाखाले भाडाबर्तन १सय२४ थान व्लाङकेट ६२ कपडा ५४ थान उपलब्ध गराएको छ । क्यारिटस नेपालले सिरक २८ कराई २८ मख ७६ जग १५२ तउल्या ७६ उपलब्ध गराएको संस्थाको स्टोर तथा लजिस्टिक अफिसर पुन्य प्रसाद पराजुलीले बताउनु भयो ।
यसै गरी शरणार्थीहरुको स्वेच्छिक दानबाट संकलन गरीएको बेलडाँगी २ क्याम्प व्यवस्थापन समितिले २ सय ८१ केजी चामल ८ थान भातपकाउने भाँडा ८ बोरा लत्ता कपडा उपलब्ध गराएको क्याम्प सचिव नारदमुनी सन्यासीले बताउनु भयो । यसै गरी स्वच्छिक दान संकलन केन्द्रबाट ६ हजार ६ सय ४० रुपयाँ आर्थिक संकलन गरिएको स्थानीय शरणार्थी पत्रकार अर्जुन प्रधानले बताउँनु भएको छ ।
यसैबीच आजै विचल्नीमा परेका भूटानी शरणार्थीलाई आपतकालिन सहयोग जुटानउँन शरणार्थी समन्वय इकाइका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले चाँडै नेपाल सरकारको अगुवाईमा शरणार्थीलाई पुनस्थपनाको लागि बन्दोबस्ति अगाडि बढाउँने बताउँनु भएको छ ।बुधवार राति पाउने १० बजे भूटानी शरणार्थी शिविर बेलडाँगी १मा भएको आगलागीमा जलेको तथा भत्काईएको समेत गरी ७६ छाप्रा नष्ट भएको थियो । आगलागीबाट ढेड करोड बराबरको धनमाल नष्ट भएको शरणार्थी रेखदेख निकायहरुको एक अनुगमन समितिले जानकारी दिएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।