Thursday, January 28, 2010

अव विश्वमा सेक्स रोबोट

चाहेको बेलामा यौनसम्पर्क गर्न पाएपछि जापानी पुरुषहरूका लागि हनी डल नै भरपर्दो यौनसाथी भएको थियो । हनी डलका निर्माताहरूले यसलाई केवल सेक्स डलका रूपमा विकास नगरेर केही आवाज निकाल्न सक्नेमा समेत परिणत गरे ।प्रविधिले यौनको क्षेत्रमा गरेको यो विकासमा अझ फड्को मार्दै हालै मानिसकै शरीरको आकारको बोल्ने सेक्स रोबोट निर्माण भएको छ । लसभेगासमा हालै सम्पन्न 'एडल्ट इन्टरटेनमेन्ट एक्स्पो' मा सार्वजनिक गरिएको रोक्सी नामको सेक्स रोबोट हनी डलको तुलनामा बढी प्रविधियुक्त छ ।
रोक्सीको हात समाउँदा अंग्रेजी भाषामा मलाई तिम्रो हात समाउँदा आनन्द आयो लगायत विभिन्न अंग समाउँदा विभिन्न किसिमको प्रतिक्रिया आउँछ । यौनसम्पर्कको गतिअनुसार रोबोटले निकाल्ने आवाज पनि फरक हुन्छ ।
यौनसाथीको सहयोगमा मात्र यताउता गर्न सक्ने रोक्सीभित्र ल्यापटप जडान गरिएको छ भने शरीरलाई संवेदनशील बनाइएको छ । रोक्सीको शरीरभित्र राखिएको स्पिकर अन्य खेलौनाको भन्दा स्पष्ट आवाज दिने किसिमको भएका कारण प्रयोगकर्ताले रोक्सीलाई रोबोटभन्दा पनि कुनै महिला सम्भिmरहेको हुन्छ । वाइल्ड बेन्डी तथा पि
mगिड फरा दुई नाममा आएको रोक्सि रोबोटको मूल्य ७ हजारदेखि ९ हजार डलर पर्ने र केही महिनापछि अनलाईनमार्फत् पनि खरिद गर्न सकिने यसको उत्पादक ट्रु कम्पनीले जनाएको छ ।

2 comments:

  1. नेपाल मा पो कहिले पाइने होला ?

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।