मधुसुधन गुरागाईं, बनेपा, माघ २१- काभ्रेको मंगलटारमा अधिकार नामक चलचित्रको सुटिङ सकेर काठमाडौ फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी नायिका महिमा (लक्ष्मी) पोखरेलको मृत्यु भएको छ। धम्बोजीचोक, नेपालगञ्ज स्थायी घर भएकी उनी काठमाडौं कालोपुल बस्दै आएकी थिइन्। बिपी राजमार्गको काभ्रे, ट्याङ्की भन्ने ठाउँमा नायिका पोखरेल सवार बा २१ प ५५०२ नम्बरको पल्सर मोटरसाइकललाई बा २ प १६०८ नम्वरको ट्रिपरले ओभरटेक गर्दा ठक्कर दिएपछि दुर्घटना भएको हो।
मोटरसाइकललाई ठक्कर दिँदा पोखरेल सडकमै खस्दा उनलाई ट्रिपरले किचेको स्थानीय प्रत्यक्षदर्शीले बताए। मोटरसाइकलबाट खसेर बाटोको छेउमा उछिटिट्एका चालक दिनेश खड्का भने गम्भीर घाइते भएका छन्।
काभ्रेली कलाकर्मी मञ्च र एसएस फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको उक्त फिल्ममार्फत् पोखरेल नायिकाको भूमिकामा आउन लागेकी थिइन्। घाइते मोटरसाइकल चालक खड्काको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।