Sunday, February 7, 2010

च्यानल नेपालका अध्यक्ष शाहको गोली हानी हत्या

काठमाडौं, माघ २४ । च्यानल नेपालका अध्यक्ष जमिम शाहको आइतवार अपरान्ह गोली प्रहार गरि हत्या गरिएको छ । उनलाई राजधानीको लाजिम्पाटमा दुई जना अपरिचित व्यक्तिले गाली प्रहार गरेका थिए ।गोली लागेका शाहलाई उपचारको लागि शिक्षण अस्पतालमा पुर्‍याएका थिए । उनलाई अस्पतालले चार बज्नु अगावै मृत घोषणा गरेका हुन् । उनीसंगै गोली लागेर घाइते भएका सामाखुशीका व्यापारी मथुरामान मालाकारको उपचार भइरहेको छ । शाहको छातीमा र मालाकारको तिघ्रामा गोली लागेको थियो ।
बा १५ प ८७३३ नम्वरको मोटरसाइकलमा आएका कालो कपडा लगाएका अपरिचित व्यक्तिले बा १ च २१५१ नं. को शाहको निजी कारमा सवार उनीहरुलाई अन्धाधुन्द गोली हानेका थिए । अपराधीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
याक एण्ड यति होटलमा नुहाएर पानीपोखरीस्थित घरमा जाँदै गरेका शाहमाथि लाजिम्पाटको फ्रेञ्च दूतावास अगाडी दिउँसो ३ बज्न पाँच मिनेट बाँकी हुँदा गोली प्रहार गरिएको थियो । गोली हान्ने व्यक्तिहरु विपरित दिशाबाट आएको प्रहरीले जनाएको छ । शिक्षण अस्पतालमा अहिले शाहका आफन्त तथा मिडिया क्षेत्रका व्यक्तिहरु पुगेका छन् । प्रहरी प्रवक्ता बिज्ञानराज शर्माले अपराधीहरुको खोजी सुरु भइसकेको बताएका छन् । संभावित स्थानहरुमा सर्च थालिएको उनले बताए ।
शाह नेपाली मिडिया उद्योगका परिचति व्यक्ति हुन् । नेपालमा केवल टेलीभिजनको व्यापार उनैले सुरु गरेको मानिन्छ । उनले पहिलो नेपाली निजी क्षेत्रको टीभीको रुपमा थाइलेण्डबाट 'च्यानल नेपाल'को प्रशारण सुरु गरेका थिए । उनले स्पेशटाइन टुडे अंग्रेजी र स्पेशटाइम नामक दुई नेपाली ब्रोडसीट अखवार पनि सञ्चालन गरेका थिए । हाल दुवै पत्रिका बन्द छ । 

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।