टीकाराम उप्रेती
दमक, २७ माघ । दमकको सिद्धार्थ उच्च माविको वसमा वुधवार तोडफोड गर्ने सोही क्याम्पसमा अध्यनरत चारजना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारी अनुसार सोही उच्चमाविको कक्षा ११ मा अध्यनरत दिपेन चेम्जोङ, रोशन भण्डारी, महेश शर्मा र विकास शाह पक्राउ परेका छन् । उनीहरुले सोही कलेजको को १ ख २०४४ नम्बरको वसमा ढुङ्गामुडा प्रहार गरेका थिए । यसरी तोडफोडवाट वसको सम्पूर्ण सिसा फुटेको छ ।
सोही कलेजको कक्षा एघारमा अध्यनरत गौरादहका विवेक वस्नेतको वुधवार मृत्यु भएको थियो । पुरानो रिसीवी रहेको भन्दै मंगलवार दिउँसो एक समुहले वस्नेतलाई कुटपिट गरेका थिए । कुटपिट गरेको केही समयपछि खेल्दै गरेका वस्नेत अचानक वेहोस भएका थिए । यसरी वेहोस भएका बस्नेतलाइ उपचार गर्न लैजाँदै गर्दा वाटैमा मृत्यु भएको थियो । वस्नेतलाई कुटपिट गर्ने समूहलाई प्रहरीले पक्राउ नगरेको भन्दै विहान कलेका विद्यार्थी लिएर जाँदै गरेको वसमा विद्यार्थीहरुले तोडफोड गरेका थिए ।
यसैगरि दमकमा वुधवार दुइ कलेजका विद्यार्थीहरु विचमा भएको झडपमा चार जना सख्त घाइते भएका छन् । यसरी घाइते हुनेमा दमक युनिक कलेजको कक्षा ११ मा अध्ययनरत सुवास राई र प्रमोद राई छन् भने दमक वहुमुखी क्याम्पसमा अध्यानरत आईत लिम्वु र मिन तामाङ रहेका छन् । राई द्वयको न्युरो अस्पताल विराटनगर तथा लिम्वु र तामाङको धरानस्थित घोपा क्याममा उपचार भइरहेको छ । प्रहरीका अनुसार वुधवार विहान दमक वहुमुखी क्यास्पस र सरस्वती उच्च माविका विद्यार्थीको एक समुहले युनिक कलेजमा गई कुटपिट गरेका थिए ।
यसरी समकक्षीमाथि कुटपिट भएको भन्दै युनिक कलेजका विद्यार्थीको समुहले पनि पुनः वहुमुखी क्याम्पसका तामाङ र लिम्वुलाई खुकुरी प्रहार गरि घाइते वनाएका थिए । सोही घट्नामा सम्लग्न रहेको आशंकामा युनिक कलेजको कक्षा ११ मा अध्यानरत सुसील राई र अरुण मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । राईको साथवाट एक थान वन्चरो समेत वरामद गरिएको कुरा प्रहरीले जानकारी गराएको छ ।
विद्यार्थीहरुको सामुहिक झडपले दमकमा केहीवेर तनावको स्थिती सृजना भएको थियो । सोही क्रममा विद्यार्थीहरुले केही समय यातायात समेत अवरुद्ध गरेका थिए ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।