काठमाडौं,२७ माघ । प्रधानमन्त्री माधवकुमार नेपालले भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीका लागि तत्काल पहल गर्न भुटान सरकारसँग आग्रह गर्नुभएको छ । आफ्नै निवास बालुवाटारमा बुधबार विहान भुटानका अर्थमन्त्री लिम्पो खान्दु वाङचुकसँगको भेटमा प्रधानमन्त्री नेपालले तत्काल ससम्मान स्वदेश फर्कने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्हाकार विष्णु रिजालका अनुसार तेस्रो देशमा पुनःस्थापना गर्दा पनि शरणार्थी समस्या समाधान नभएको भन्दै प्रधानमन्त्री नेपालले भुटान सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । तेस्रो मुलुकमा भुटानी शरणार्थीरुले आत्महत्या गर्ने गरेकाले समस्या जटिल बन्दै गएको प्रधानमन्त्री नेपालको भनाई थियो ।
जवाफमा भुटानी अर्थमन्त्री वाङचुकले नेपाल सरकारको चासोलाई आफूले आफ्ना प्रधानमन्त्रीसमक्ष पुर्याउने जानकारी दिनुभएको थियो । भेटमा वाङचुकले भुटानको राजधानी थिम्पुमा अपि्रल २८ देखि २९सम्म आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क) को १६ औं शिखर सम्मेलनमा भाग लिन भुटानका प्रधानमन्त्रीले पठाएको निमन्त्रणा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
आगामी सार्क शिखर सम्मेलनको मुख्य कार्यसूची समेत जलवायु परिवर्तन हुने भएकाले पर्वतीय देशहरुको गठबन्धन बनाएर अघि बढ्नुपर्ने कुराको पहल गरिरहेको नेपाललाई आफ्नो साथ रहने भुटानी अर्थमन्त्री वाङचुकले बचन दिनुभएको रिजालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।