Friday, February 12, 2010

‘देशको आत्मसम्मान गुम्यो’

विराटनगर, २९ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विगत दुई बर्षदेखी देशको आत्मसम्मान गुमेको बताउनुभएको छ । सुनसरीको चतरामा शुक्रबार स्वास्थ्य साधना शिविरको उद्घाटन गर्दै उहाँले नेपालको गौरव र सम्मान विगत २ बर्षदेखी गुमेको बताउनुभएको हो ।नेपाल हिमाल पहाड, मधेश र प्राकृतिक सौन्दर्यतासहितको आत्मसम्मान बोकेको देश भएपनि केही समयदेखी विदेशीहरुको प्रभुत्वले नेपालको सम्मान गुमेको उहाँको धारणा थियो । उहाँले एक अर्को प्रसङ्गमा नेपाल अहिले संक्रमणकालिन अवस्थाबाट गुजि्रएकाले समयमा एकजुट हुन नसके देशमा दुर्घटना हुन सक्ने बताउनुभयो ।उहाँले देशलाई दुर्घटनाबाट बचाउन अहिले सबै एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
शान्ति प्रकृया सफल बनाउन र तोकिएको समयमै संविधान जारी गर्नसबै दलबिच भिष्मप्रतिज्ञा आवश्यक रहेको उहाँको भनाई थियो । जारी शान्ति प्रकृया र संविधान निर्माणमा विदेशीको मुख ताके त्यो दुर्भाग्यपुर्णहुने हुने भन्दै प्रचण्डले आफूहरुले देशका समस्यालाई निकास दिलाउन प्रसस्तै बलिदान गरेको उल्लेख गर्नुभयो । तोकिएको संविधान निर्माण नभए देश अत्यन्तै खतरनाक मोडमा जाने उल्लेख गर्दै प्रचण्डले यसका लागि दलहरुवीच एकताको खाँचो औंल्याउनुभयो ।
शान्ति र संविधान बनाउनेतर्फ दलहरुवीच भीष्मप्रतिज्ञा हुन नसके नयाँ नेपाल निर्माणको परिकल्पना वीचमै तुहिने उहाँको भनाई छ । माओवादीले पछिल्लो समयमा राष्ट्रिय अखण्डता र सार्वभौमिकताका लागि आन्दोलन गर्दा भारत विरोधी भनेर विल्ला भिराउने काम भइरहेको भन्दै आफूहरुको आन्दोलन भारत विरोधी नभएको दावी गर्नुभयो ।

1 comment:

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।