काठमाण्डौ,१ फागुन । एकीकृत नेकपा माओवादीले जनयुद्धको १५ औँ वाषिर्कोत्सव विभिन्न कार्यक्रम अहिले मनाईरहेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथरंगशालामा आयोजित विशेष कार्यक्रममा मार्चपास तथा सांगितिक कार्यक्रमहरु भईरहेको छ । सांगितीक कार्यक्रपछि शिर्ष नेताहरुले सम्बोधन गर्न कार्यक्रम रहेको छ । साथै जनयुद्ध दिवसको अवसरमा जनमुक्ति सेना स्पोर्टस क्लवको आयोजनामा आजै देखि राष्ट्रिय फुटबल तथा भलिवल प्रतियोगिता पनि सुरु हुने छ ।जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्ष प्रचण्डले पानसमा बत्तीबालेर उद्घाटन गर्नुभएको छ ।
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गरेको थियो । २०६२/६३ को जनआन्दोलन पछि २०६३ मंसिर ५ गते सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको बृहत शान्ति सम्झौतासँगै माओवादीले सशस्त्र जनयुद्ध सकिएको घोषणा गरेको थियो ।
जनयुद्ध दिवसको अवसरमा विज्ञप्ती निकालेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव रावमवहादुर थापाले शान्ति र जनसंविधानका लागि देशभक्त, वामपन्थी र लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरूबीचको संयुक्त मोर्चा अपरिहार्य भएको उल्लेख गर्नुभएको छ ।
क्रान्तिका नयाँ विचार र नेतृत्व, नीति, कार्यक्रम र योजनाहरूको प्रयोग ठोस व्यवहारमा व्यक्त भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
माओवादीले नेपाली जनयुद्धको मौलिक प्रयोग र विकास हुँदै वर्तमानमा नेपाली क्रान्ति सिद्धान्त र व्यवहार बीचको दृढता र सृजनशिलतासहित विकास भइरहेको ठहर गरेको छ । यसैवीच न्ाागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनाताको माग राख्दै आन्दोलनरत माओवादीले जनयुद्ध दिवसको अवसर पारेर आजदेखि पाँचौ चरणको आन्दोलन सुरु गरेको छ ।
चौथो चरणको आन्दोलनमा भारतसंग सिमा जोडिएका विभिन्न स्थानमा आमसभा र आमहडताल जस्ता कार्यक्रम ल्याएको माओवादीले पाँचौ चरणमा देशव्यापी जनपरिचालन र घरदैलो अभियानको रुपमा चैत्र २४ गते सम्म सञ्चालन गर्ने छ । आउँदो पाँच गते राष्ट्रिय कार्यकर्ता प्रशिक्षण गरी माग पूरा गर्न कार्यकर्ता परिचालन गर्ने तयारीमा माओवादी रहेको छ ।
प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार निर्माण हुनुपर्नेलगायतका माग राख्दै माओवादीले सडक र सदनबाट विभिन्न चरणका आन्दोलनहरु गर्दै आईरहेको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।