Saturday, February 13, 2010

सरकारले खेलकुद प्रतियोगिता भाँड्न खोज्योः प्रचण्ड

 काठमाडौं,१ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भाइचारा, मित्रता, भावनात्मक सम्वन्ध विस्तार गर्ने खेलकुदलाई भाँड्न वर्तमान सरकार लागेको आरोप लगाउनुभयो । उहाँले खेलकुद जस्तो तटस्थ क्षेत्रबाट शान्ति र नयाँ संविधान जारी गर्ने वातावरण बनाउनुका सट्टा विथोल्ने प्रयास गरेकाले वर्तमान सरकारमा सहभागी दलहरु संविधानसभा भंग गर्ने षडयन्त्रमा रहेको स्पष्ट भएको आरोप लगाउनुभयो ।
ज्ानयुद्ध सुरु भएको १५ औं वर्षगाँठको अवसरमा जनमुक्ति सेना स्पोर्टस क्लवले आजदेखि राजधानिमा सुरु राष्ट्रिय भलिवल तथा फुटवल प्रतियोगिताको त्रिपुरेश्वरस्थित दशरथरंगशालामा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रबाट एक आपसमा भएका तिक्तताहरुलाई मेटाउनुको सट्टा सरकारमा सहभागी पार्टीका नेताहरुले झन् विगारेको टिप्पणी गर्नुभयो । उहाँले नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीको विभागीय टोलीलाई जनमुक्ति स्पोर्टस् क्लवले आयोजना गरेको प्रतियोगितामा सहभागितामा सरकारले नै अवरोध गरेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘यसमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी दोषी छैनन्, यसमा सरकारमा सहभागी पार्टीहरु दोषी छन्, उनिहरुले नै खेलमा सहभागी हुन नदिएको हो ।’ उहाँले शान्ति र संविधान निर्माण प्रक्रियालाई सहज बनाउनका लागि सबै क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रले जारी शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण र राजनीति गतिरोध अन्त्य गर्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो ‘यदी निकास ननिस्किए, आन्दोलनको विकल्प छैन ।’

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।