कमन देवान
देश भरीका स्वायत्ततावादी राजनीतिक संगठनहरुवीच एकिकृत राष्ट्रिय शक्ति निर्माणका लागि फागुन ७ र ८ गते ुवृहद राष्ट्रिय एकताको सम्मेलनु हुने पक्का भएको छ ।
संविधान सभामा १५औँ दलका रुपमा प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय माचको पहलमा आयोजना हुने उक्त सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय माचमा आवद्ध संघीय लिम्बुवान राज्य परिषद् खम्बुवान डेमोक्रेटिक फ्रन्ट तामाङशालीङ राज्य परिषद् थरुहट राज्य परिषद् लगायत गणतान्त्रिक राष्ट्रिय मोर्चा भूमिगत संगठन मानिने नवीन किराती नेतृत्वको किरात जनवादी वर्कस्र पार्टी साजुहाङ पालुङ्वा नेतृत्वको लिम्बुवान राज्य परिषद् र मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बुवान राज्य परिषद् क्रान्तिकारी तमुवान राज्य परिषद् मगरात राज्य परिषद् पश्चिम खसान राज्य पषिद् र राष्ट्रिय दलित परिषद् लगायत रहेको माचका अध्यक्ष लक्ष्मण थारुले जानकारी दिनु भयो ।
देश भरीका विभिन्न राजनीतिक संगठनका पाँच सय प्रतिनिधि तथा एक हजार पर्यवेक्षक सहभागी हुने सममेलन राजधानी स्थित ललितपुर जि।वि।स।sाे सभाकक्षमा समपन्न हुने सम्मेलन आयोजक समितिका सदस्य तथा संघीय विद्यार्थी यूनियनका अध्यक्ष लासिम पालुङ्वाले जानकारी दिनु भयो । माचले मिति २०६६ साउन २१ २२ र २३ गते आफ्ने २१औँ पूर्ण बैठक पछि वृहद राष्ट्रिय सम्मेलनको तयारी तिव्र पारेको र ०६६ मंसिर ४ ५ र ७ गते सम्पन्न २२औँ पूर्ण बैठकपछि वृहद राष्ट्रिय एकताको सम्मेलनमा जाने निर्णय गरेको अध्यक्ष थारुले जानकारी दिनु भयो ।
यसैवीच लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेनले भने आफ्नो परिषद् एकताको सम्मेलनमा सहभागी नहुने बताउदै आउनु भएको छ । संविधानमा लिम्बुवान खम्बुवान तामाङशालीङ थरुहट आदि जातीय स्वायत्तता स्थापित गर्ने आनदोलन महत्वपूर्ण हुने भन्दै उहाँले संविधान निर्माण प्रकृया पूरा नभए सम्म एकताको सम्मेलन घातक हुने बताउँदै आउनु भएको छ । सम्मेलन बारे फोनमार्फत प्रतिकि्रया माग्ने क्रममा उहाँले व्यस्त रहेको जानकारी दिनु भयो ।
प्राप्त जानकारी अनुसार परिषद्का तर्फवाट द्धितिय महासचिव लासिम पालुङ्वाले सम्मेलनमा नेतृत्व गर्नु हुने वताइन्छ । यसवारे माचका अध्यक्ष थारुसँग बुझ्दा उहाँले लिङ्देन माचका अध्यक्ष मण्डल सदस्य रहनु भएको र उहाँकै उपस्थितिमा माचको बैठक बसी वृहद राष्ट्रिय एकताको सम्मेलनमा जाने निर्णय भएको बताउनु भयो । थारुले भन्नु भयो-ु उहाँले व्यक्तिगत रुपमा सम्मेलन छाड्नु सामान्य हो । तर निर्णयमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो ।ु थप जानकारी अनुसार अर्को लिम्बुवान परिषद्का अध्यक्ष साजुहाङ पालु्रवा समेत सम्मेलनमा सहभागी नहुने बताइन्छ । उहाँको समूहको नेतृत्व महासचिव पदम अधिकारीले गर्दै हुनुहुन्छ ।
यता लिङ्देन समूहको परिषद्का सचिवालय सदस्य मुकुम नेम्वाङले भने राष्ट्रिय एकताको सम्मेलन आफूहरुलाई स्वागत योग्य भएको बताउनु भयो । पूर्ववाट सम्मेलनमा सहभागी हुन राजधानी प्रस्थान गर्ने क्रममा विहिबार संक्षिप्त कुरा गर्दै नेम्वाङले वृहद राष्ट्रिय एकताको सम्मेलनले संघीयता तथा स्वायत्ततावादी राजनीतिक आन्दोलनलाई नयाँ उचाई प्रदान गर्ने विचार व्यक्त गर्नु भयो । बृहद राष्ट्रिय एकताको सम्मेलनले माचको आगामी नीति तथा कार्यक्रममा समेत व्यपक हेरफेर गर्न सक्ने माचका अध्यक्ष थारुको दावी छ । प्राप्त जानकारी अनुसार माचले एक वर्ष अघि निस्कासन सहितको कार्वाही गरेको भनिएका आफ्ना समानुपातिक तर्फका सभासद् राजकुमार पालुङ्वा माथिको कार्वाही समेत सम्मेलनले फिर्ता लिने स्रोतको दावी छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।