झापाको दमकमा शुक्रवार सयौं वर्ष पुरानो ऐतिहासिक भाँडाकुडा र वुद्धको मुर्तिसहित इनार फेला परेको छ ।
ती वस्तुहरू दमक नगरपालिका वडा नं. १८, संगम चौकस्थित चिरञ्जिवी अधिकारीको जग्गामा फेला परेका हुन् । वाटो खन्ने क्रममा खेतमा तीन फुट गहिरो खनेपछि माटाका पुराना भाँडाहरु फेला परेको अधिकारीले जानकारी गराउनु भएको छ । यीमध्ये एउटा भाँडाभित्र पहेंलो धातुको वुद्धको मूर्ति फेला परेको थियो । उक्त मूर्ति कुन धातुको हो भन्ने विषय खुल्न नसकेपनि सुनको भएको हुन सक्ने स्थानिय वासिन्दाको भनाई छ ।
मूर्ति फेला परेपछि सोही स्थानमा खन्दैजाँदा माटोको रिङ भएको गहिरो इनारसमेत भेटिएको छ । इनारको वरिपरि भाँडाकुँडा वनाउने पकाएको माटाको रिङ वनाएर लगाइएको छ जुन रिङवाट अहिलेसम्म पनि इनारमा माटो वालुवा समेत पस्न नसक्ने स्थानिय वासिन्दाको भनाई छ । इनार सफा गर्दा करिव २० फिटसम्म गहिरो रहेको स्थानीयवासीले बताएका छन्।
मूर्ति फेला परेपछि सोही स्थानमा खन्दैजाँदा माटोको रिङ भएको गहिरो इनारसमेत भेटिएको छ । इनारको वरिपरि भाँडाकुँडा वनाउने पकाएको माटाको रिङ वनाएर लगाइएको छ जुन रिङवाट अहिलेसम्म पनि इनारमा माटो वालुवा समेत पस्न नसक्ने स्थानिय वासिन्दाको भनाई छ । इनार सफा गर्दा करिव २० फिटसम्म गहिरो रहेको स्थानीयवासीले बताएका छन्।
मूर्ति फेला परेको हल्ला चल्नासाथ सो क्षेत्रमा मूर्ति हेर्न जाने सर्वसाधारणको भिड नै लागेको थियो । यो कति वर्ष पुरानो हो भन्ने विषयमा केही खुल्न सकेको छैन । सो क्षेत्रमा २०२३ सालमा अधिकारीले झोडा फाँडेर पहिलो पटक वस्ती वसाएको जानकारी गराउनु भएको छ । उहाँका अनुसार सो इनार भएको स्थानमा लगभग हजार वर्ष पुराना सखुवाका रुख थिए । उक्त इनार तथा मूर्ति त्योभन्दा पहिलाको नै भएको हुनसक्ने अनुमान छ । उक्त जगंल रहनुभन्दा पहिले सो क्षेत्रमा मानववस्ती रहेको र मानिसले आफ्नो प्रयोजनका लागि इनार खनेको हुन सक्ने अनुमान गरिएको छ । इनारको वनावट हेर्दा हालसम्म यस्तो माटोको रिङको प्रयोग भएको कहिँ पनि भेटिएको छैन ।
यस्ता महत्वपूर्ण वस्तुको विषयमा माटोका भाँडाको ल्वाव टेस्ट गरेमा यसको इतिहास कोट्याउन सजिलो हुनेछ । यो क्षेत्रलाई संरक्षण गर्नु पर्नेमाग स्थानिय वासिन्दाको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।