Sunday, February 21, 2010

वित्तिय संस्थाको कार्यालयमा तोडफोड


सुनसरी फागुन ९ । सुनसरीको दुहवी स्थित फरवार्ड वित्तिय संस्थाको कार्यालयमा आन्दोलनरत कर्मचारीहरुले आज तोडफोड गरेका छन् । त्ाीन साता अघिदेखि आन्दोलनरत उनीहरुको मागको सुनुवाईको सत्ता आफुहरुमाथि सांघातिक आक्रमण शुरु गरेको भन्दै संस्थानको कार्यालय तोडफोड गरेका हुन् ।
संस्थामा कार्यरत कर्मचारीहरुको स्थायी नियुक्ती हुनुपर्ने ट्रेड युनियन गठनको अधिकार हुनुपर्ने संस्थाको लेखा सार्वजानिक गर्नुेपर्ने लगायतको माग राख्दै आन्दोलनमा उत्रेका उनीहरुले आज कार्यालय भवनको भ्ाुयालका सिसा फुटाउनका साथै कार्यालयको बा १ च ६३ ११ नम्वरको जीपसमेत तोडफोड गरेका छन् । फरवार्डकी साचालक एमाले सभासद भगवती चौधरीको नेतृत्वमै समितिका केही व्यक्तिले आफुमाथि आक्रमण गरेको आरोप संघर्ष समितिका अध्यक्ष गच्छदारले लगाउनु भएको छ ।
आक्रमणको विरोधमा उनीहरुले कोशी राजमार्ग अन्र्तगत दुहवी सडकखण्डामा विहान ९ वजेदेखि आधा घण्टा यातायात समेत अवरुद्ध गरेका थिए भने अहिले कर्मचारीहरुले कार्यालय अगाडी धर्ना दिईरहेको जनाइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।