Saturday, February 13, 2010

प्रणय दिवसको शुभकामना

एरिस्टोटलले भनेका छन्- \’जहा“ प्रेम छ त्यहा“ जीवनको सही रूप छ ।\’ हो पनि, जहा“ विश्वास त्यहा“ प्रेम । जहा प्रेम त्यहा“ शान्ति । अनि जहा शान्ति त्यहार्“र् इश्वर । प्रेममै संसार अडिएको छ । जति बखान गरे पनि प्रेमको परिभाषा पूरा हुदैन । प्रेमको प्रतीक ताजमहल ठडिएकै छ । लैला मज्नु, रोमियो जुलियटजस्ता जोडीको नाम त्यत्तिकै अमर बनेका होइनन् । टाइटनिक र देवदासजस्ता गियोगान्त प्रेमका फिल्मले युवालाई त्यत्तिकै धरधरी रुवाएका होइनन् ।
प्रणय दिवसका रूपमा संसारभर १४ फेब्रुअरी मनाइन्छ । त्यो विशेष दिन अधिकांश युवा प्रेम उत्सवमा झुम्छन् । यो दिनलाई युवाको उन्मत्त लहड भन्नेहरू पनि छन् । भन्नेहरूले जे भने पनि हाम्रो देशमा एक दशकयता प्रणय दिवस मनाउने क्रमले व्यापकता पाएको छ । नया“ पुस्तामा त नेटबाटै प्रेम प्रस्ताव राख्ने र राम्रा राम्रा उपहार दिने चलन बसिसकेको छ । त्यस्तै प्रेमी-पे्रमिकाबीच मह“गा उपहार साटासाट गर्ने प्रतिस्पर्धै चल्ने गरेको छ ।
यतिबेला अधिकांश कार्ड र गिफ्ट पसल झकिझकाउ बनेका छन् । दसैं र नया“ वर्षा भन्दा प्रणय दिवसका बेला धेरै बिक्री हुने गरेको धरानका पसलेहरू बताउ“छन् । धरान- ५ स्थित सोनी गिफ्ट सपकी लीला जैन भन्छिन्, \’यसपालि भ्यालेन्टाइन डेका लागि कार्ड बिक्री हुन थालेको धेरै दिन भइसक्यो ।\’ विशेषतः विदेश पठाउनेहरूले लगभग डेढ साता अघिदेखि कार्ड किन्ने गरेका छन् । भन्छिन्- १० वर्षा स्कुलेहरूसमेत कार्ड किन्न आउ“छन् ।\’ त्यसैगरी भेराइटी गिफ्ट र न्यू भेराइटी गिफ्ट पसलका नन्दकिशोर र रवि हलवाई धमाधम कार्ड बेचिरहेका छन् । \’मोबाइल एसएमएस र इन्टरनेटको प्रभावले कार्ड किनबेच कम हुन थालेको छ\’, नन्दकिशोर भन्छन्- \’तुलानात्मक हिसाबले अन्य अवसरमा भन्दा भ्यालेन्टाइन्ा डेको बिक्रीमाथि पुग्ने गरेको छ ।\’
प्रणय दिवसमा उपहार के दिने भनेर गम्नै पर्दैन । प्रेमी-प्रेमिकालाई लछित गरी विभिन्न कम्पनीले विशेष कार्ड र उपहार उत्पादन गरेका छन् । तपाईं जस्तो चाहनुहुन्छ त्यस्तै उपहार पाउनुहुनेछ । विशेषगरी \’लभ कार्ड\’ का साथमा बडी स्प्रे, परफ्युम, लकेट, ब्रासलेट र युवाको युगल \’सो पिस\’ बिक्री हुने गरेको पसलेहरू बताउ“छन् । नन्दकिशोरका अनुसार पचासदेखि अर्ढाई सय रुपैया“सम्मका कार्ड र सयदेखि दर्ुइ हजारसम्मका गिफ्ट आइटम बढी बिक्री हुन्छन् । प्रेमीलाई दिने उपहारबारे प्रियंका र्राई प्रष्ट छिन् । पल्स टु अध्ययनरत समीर खोजेजति रकम नपाएर पिरोलिएका छन् । उनी आर्थिक रूपमा अभिभावकस“ग निर्भर छन् । उनले मुस्कुराउ“दै सोधे-उपहार र कार्ड जति मह“गो उति राम्रो हुन्छ, हैन र -
भन्नेहरू यसो पनि भन्छन्- प्रेम दिवस हाम्रो मौलिक पर्व होइन । प्रेम आफैंमा पवित्र हुन्छ । त्यसैले प्रेम दिवसमा रमाऔं । प्रेमका नाममा मौलाउ“दै गएको विकृत्तिलाई भने हटाउनै पर्छ । शारीरिक भोक मेटाउनमात्रै प्रेम गर्ने मनोवृत्ति भएकाहरू पनि कम छैनन् समाजमा । दर्ुइ वर्षघिको एक अध्ययनअनुसार २९ प्रतिशत किशोरकिशोरीले प्रेममा यौन सम्बन्ध राख्ने गरेका छन् । त्यसले गर्दा अवैध गर्भधारण र असुरक्षित गर्भपतन हुने गरेको छ । प्रेम, यौन र विवाहलाई अन्तरसम्बन्धित एवं एउटै रूखका अलग-अलग हा“गाका रूपमा मान्न सकिन्छ । यसै प्रसंगमा डा. डीपी भण्डारीे भन्छन्- \’सन्त भ्यालेन्टाइनको मृत्यु दिवसलाई संसारका कामुक युवायुवती प्रेम दिवस र प्रेमक्रीडाको कालखण्ड भनेर मनाइरहेका छन् ।\’ स्नातकोत्तर क्याम्पस विराटनगरमा समाजशास्त्र र मानवशास्त्र पढाउ“दै आएका युवा प्राध्यापक दिलीप पोख्रेल भन्छन्-\’हाम्रोमा पश्चिमा संस्कृतिलाई ठूलो मान्ने प्रवृत्ति विकास भएको छ ।\’
\’भ्यालेन्टाइन डे\’ लाई विपरीत लिङ्गबीचको आकर्षा र प्रणयमा मात्र सीमित नराखी मानवीय प्रेम दिवसका रूपमा मनाउन सके कसो होला – उल्लेखनीय त यो पनि छ कि \’फर यु डियर ब्रदर, सिस्टर अन भ्यालेन्टाइन्स डे\’ लेखिएका कार्ड पनि बजारमा पाइन्छन् । यसले प्रणयको दायरा फराकिलो बनाएको छ ।
सूचना र सञ्चारमा आएको क्रान्तिले विश्व सानो गाउ“ बनेको छ । विकसित राष्ट्रको संस्कृत्रि्रति विकासोन्मुख देशका युवा मोहित भइरहेका छन् । हामी पनि भ्यालेन्टाइन र प
mेन्डसिप डे मनाइरहेका छौं । मनाउनु राम्रो हो तर हामीले घा“टी हेरेर हाड निल्नर्ुपर्छ । आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक वातावरण ख्याल गरेर मनाउनर्ुपर्छ । किन भने पे्रम मनले रुचाएको मान्छेस“ग गरिन्छ न कि मह“गा उपहारको लोभमा ।
प्रेम जीवनको अभिन्न अंग । बिनाप्रेमको संसार मरुभूमि बन्छ होला । सा“चो प्रेम गर्नेहरूका लागि कुनै जात, रंग, सीमा र आकार हु“दैन । यो त असीमित भावना र हृदयको उपज हो ।




2 comments:

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।