Sunday, February 21, 2010

प्रहरी कारवाही जारी

रीता मोक्तान
सुनसरी फागुन ९ । धरानमा बढ्दो अपराधलाई नियन्त्रण गर्न प्रहरीले विशेष कार्वाहीका रुपमा मोटरसाईकलको चेक जाँच र अपराधिक गतिविधिमा संलग्न भएकाहरुको खोजिलाई तिव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब निरिक्षक उमाशंकर पिाजयारको नेतृत्वमा परिचालित प्रहरी टोलीले मंगलबारदेखि आजसम्ममा १ सय ५० भन्दाबढी मोटरसाईकल नियन्त्रणमा लिई कार्वाही गरेको छ ।
कार्वाहीका क्रममा वास्तविक रुप परिवर्तन गरेका र ट्राफिक नियम विपरित मोटरसाईकल चलाउनेहरु रहेको प्रहरीले वताएका छन् ।
धरान भईरहेको अवैध कर अशुली चन्दा कट्टि आतंक लगायतका अपराधिक घटनाको अन्त्य नभएसम्म प्रहरीको कार्वाही जारिरहने प्रहरी उपरिक्षक भूुपालिसंह भण्डारीले बताउनु भयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।