सुनसरी, फागुन ९ गते । आफना दुई सहकर्मीमाथि आक्रमण भएको विरोधमा सुनसरी दुहवी स्थित गा्रमिण महिला उत्सुकता विकाश संंघका कर्मचारीले आईतबार आफन्ौ कार्यलयमा तोडफोड गरेका छन ।
दुहवीमा केन्द्रिय कार्यालय रहेको सो सस्थामा कर्मचारीले स्ास्थाका स्ास्थापक सभासद भगवती चौधरका निर्देशनमा कर्मचारीद्धय भिमसेन गच्छेदार र दिपक राज सापकोटाद्धारा आक्रमण गरीएको भन्दै कार्यलयमा तोडफोड गरेका हुन ।
कर्मचारीले कार्यलयको वा १ च ६३११ नम्वरको जिपको शिशा तोडफोड गरी गाडीमा क्षती पुन्याएका छन भने कार्यलयको मु्यालको शिशा समेत तोडफोड गरेको इलाका प्रहरी कार्यलय दुहवीका प्रहरी निरिक्षक नेत्र वरुवालले वताउनु भयो । कर्मचारीहरुले कार्यलयमा तोडफोड गर्न अघि दोषीलाई कार्वाहीको माग गदै कोशी राजमार्ग अन्तर्गत दुहवी सडक खण्डमा आधा घन्टा यातायत सेवा ठप्प पारेका थिए । कर्मचारीका अनुसार हिजो सामु इटहरी वाट दुहवी जानेक्रममा अज्ञात समुहले कर्मचारीदय गच्छेदार र सापकोटालाई आक्रमण गरी घाइते वनाएको थियो ।
विभिन्न ३१ सुत्रिय माग राखि काम ठप्प गरी गा्रमिण महिला उत्सुकता विकाश सघका कर्मचारीहरुले विगत १८ दिन देखि कार्यलय अगाडी धर्नामा वस्दै आएका छन ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।