सुन्दै अचम्म लाग्ने गरी विवाहका लागि ‘फूलमाला’ गरिन्छ भन्दा पक्कै पनि अपत्यारिलो लाग्छ होला । तर नेपालकै सङ्खुवासभा जिल्लाका शेर्पा जातिहरुमा यो प्राचीन प्रचलन अहिले पनि कायम रहेको पाइन्छ । शेर्पाहरुमा गर्भवती आमाबाबुको स्वीकारमा गर्भमै फूलमाला गर्ने प्राचीन चलनलाई आज पनि निरन्तरता दिइएको छ शेर्पा भाषामा ठियाजङ -साधनी) गर्ने र ठियाजङ पश्चात् स्वीकार भएपछि डेम्ज्याङ -फूलमाला गर्ने) चलन रहेको छ ।
यसमा स्वीकार भएपश्चात् खादा साटासाट गरी सबैलाई रक्सी खुवाई सम्बन्ध बढाइएको जानकारी गराउने चलन रहेको छ । गर्भमा भएको बच्चा बीच फूलमाला गर्ने र शर्तअनुसार समलिङ्गी भए मितेरी साइनोमा बाँधिने र परलिङ्गी भए विवाह बन्धनमा बाँधिदिने गर्दछन् । आमा र बाबुको शर्तलाई यी जातिका बालबालिकाले अस्वीकार गर्दैनन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।