नगेन्द्र राई
दमक, २१ माघ -संगठन संघर्ष र रुपान्तरण अभियान कार्यक्रम अन्तर्गत एकिकृत माओबादीले झापाको निर्वाचन क्षेत्र नं। ७ को लखनपुर गाविस र दमक नगर क्षेत्रमा मात्र २९ वटा विभिन्न कमिटिहरु गठन विस्तार गरेका छन् ।
क्षेत्रमा १६ वटा पार्टीको सेल कमिटी ५वटा वाईसीएल कमिटी २ वटा सुकुम्बासी कमिटी ३ वटा महिला कमिटी त्यसैगरी २ वटा किरात मुक्ती मोर्चाको वडा कमिटी र १ वटा धिमाल मुक्ती मोर्चाको वडा कमिटी गठन गरीएको पार्टीका जिल्ला सदस्य सन्त किरातीले जनाकारी दिनुभयो । माघ २६ गते सम्म चल्ने अभियान अन्तर्गत सो कमिटीहरु तीन दिन भित्रमा गठन भएको हो । डेढ महिना अघि शुरु भएको अभियानमा पार्टीका जिल्ला नेत्रित्वहरुको उपस्थितिमा भएको हो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।