Thursday, February 4, 2010

समयमै संविधान बनाउनुपर्छः उपप्रधानमन्त्री गच्छदार

भद्रपुर । उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले तोकिएको समयमा संविधान निर्माण गरी मुलुकलाई सुरक्षित अवतरण गराउनुपर्ने दायित्व सबै राजनीतिक पार्टीको रहेको बताउनुभएको छ ।
आज भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउँदै उहाँले राजनीतिक पार्टीहरूको सफलता र असफलताको अन्तिम चरणमा पुगिसकेकाले समयमा संविधान निर्माण हुन नसकेमा मुलुक फेरि द्वन्द्वमा फस्ने चिन्ता प्रकट गर्नुभयो ।सरकार परिवर्तनको सन्दर्भमा पत्रकारहरूले राखेको जिज्ञासामा उपप्रधानमन्त्री गच्छदारले सरकार परिवर्तनको कुरा औचित्यहीन अप्रसाङ्गिक रहेको स्पष्ट पार्दै यही सरकारलाई परिमार्जित गरी राष्ट्रिय सरकार बनाउन सकिन्छ भन्नुभयो ।
म्ााओवादीले आˆनो नेतृत्वमा सरकार नबने संविधान जारी नहुँने धारणा आइरहेको सन्दर्भमा उहाँले के माओवादीको मात्रै मुलुक हो भनी प्रतिप्रश्न गर्दै सरकार बनाएर चलाउन नसक्ने अनि फेरि आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने भन्नु माओवादीको अपरिपक्व सोचाई हो भनी धारणा राख्नुभयो ।उहाँले संविधान निर्माण हुनु अगावै माओवादीको शिविर पूर्णरूपले खाली हुनुपर्ने र सेना समायोजन भइसक्नु पर्ने उल्लेख गर्नुभयो ।
राज्य पुर्नसंरचना समितिद्वारा राज्यलाई १४ भागमा विभाजन अव्यवहारिक, अवैज्ञानिक रहेकाले राज्य निर्धारणको कारण समेत दिनुपर्ने भन्दै उपप्रधानमन्त्री गच्छदारले तराईको शक्तिलाई विभाजन गर्ने कार्य कदापि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
चितवनलाई तराईबाट अलग पार्ने कार्य आदिवासी जनजाति थारुसित अन्याय भएकाले कुनै पनि हालतमा मान्य नहुने र चितवनलाई तराईमा नजोडे संविधान जारी नहुने चेतावनी दिँदै उहाँले राज्यको पुर्नसंरचना र बाँडफाँडका साथै राज्यको स्वरूपको कार्य बाँकी रहेकाले राज्य पुर्नसंरचना आयोगको आवश्यकता औँल्याउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।