Tuesday, March 9, 2010

सवारी दुर्घटना एकको मृत्यु

झापा, फागुन २५ ।झापामा हिजो साझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।दुधेबाट सिबगन्ज तर्फ गइराखेको मे।१ प। २१५ न। को मोटरसाइकलले विपरीत दिशा बाट आइरहेको साइकललाइ सतासीधाम ६ मा ठक्कर दिदा मोटरसाइकल चालक झापा सतासीधाम ५ कॊ मिलन साबाँ गम्भिर घाइते भएकोमा दमक लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार र साइकलयात्री घाइते भएकोमा उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यद्यपी उनीहरुको अहिले सम्म नाम थर वतन खुुल्न नसकेको पूर्व क्षेत्र प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।