Monday, March 1, 2010

आगालागीमा लाखौंको क्षती

धरान, फाल्गुन १७ । मोरङ र सिराहामा भएको आगलागीमा लाखौंको धनमाल जलेर क्षती भएको छ । मोरङको कटहरी ४ स्थित कटहरी वजारमा रहेको आसीनाथ राजबंशीको चिया पसलवाट भएको आगलागीवाट छिमेकी राधे चौधरी पहरचन्द राजबंशी र महेन्द्र यादवको होटल तथा चिया पसलहरु जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।
राती साढे १० वजे भएको आगलागीवाट एक लाख ५० हजार रुपैंया बराबरको धनमाल जलेर क्षती भएको जनाईएको छ । आगो प्रहरी र स्थानियवासीको सहयोगमा आघा घण्टापछि नियन्त्रणमा लिएको जनाईएको छ ।
त्यस्तै सिराहाको धनगढी ६ चैनपुरमा मलखाडीमा फालेको खरानीवाट हिजो अपरान्ह भएको आगलागीमा परी स्थानियवासीका सातवटा फुस्को घर जलेर नष्ट भएको छ । आगलागीमा चार लाख ५० हजार रुपैंया बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरीएको भएपनि पुर्ण विवरण आईनसकेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आगलागी दमकल स्थानियवासी र प्रहरीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिईएको जनाईएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।