चैत्र ४ गते । पुर्वााचलमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाईते भएका छन् । सुनसरीको तरहरामा आज दिउसॊ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ईटहरीबाट धरान तर्फ आउदैगरेकेा ना ३ ख १८१४ नंम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको को ४ प ९९५७ नंम्बर मोटरसाईकललाइ ठक्कर दिदा मोटरसाईकल चालक धरान ८ बस्ने २२ वर्षिया सविन लिम्बु गम्भिर घाईते भएका थिए ।
घाईते लिम्बुको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टक टकका चालक र मोटर साईकल ईलाका प्रहरी कार्यलय ईटहरीको नियन्त्रणमा रहेको जनाईएको छ । पुर्वपश्चिम लोकमार्ग अन्र्तगत मोरङको उर्लाबारीमा आज दिउसो दुई बजे बसको ठक्कर बाट एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
घाईते भएका दुईजना मध्ये मोटरसाईकल चालक झापा धरमपुर ९ बस्ने ३२ वर्षिया रोसन महतराको उपचारार्थ धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जानएको छ । मोटर साईकलको पछडि पट्टि बस्ने सोहि ठाउ का गम्भिर घाईते प्रसान्त तामाड्डको चिन्ताजनक अवस्थामा प्रतिष्ठानमा उपचार भईरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरीले जानएको छ । ठक्कर दिने बस बसका चालक र मोटरसाईकल उर्लाबारी प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।
यसैगरी बेलबारीमा आज विहान भएको सडक दुर्घट्नामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा भेनका चालक झापा बाउन्डागी-४ का २९ बर्षिय राजन दुलाल रहेका छन् ।
बेलबारीको बेतना पुलको पश्चिम छेउमा बिग्रेर रोकी राखेको ट्रकलाई बिहान करिव ५ बजे पूर्ववाट पश्चिम आइरहेको मे १ ज ७०३ नम्बारको मारुती भेनले ठक्कर दिदा दुर्घट्ना भएको थियो । र्घट्नामा भेनमा सवार शान्ता लिम्बू पि्रति लिम्बू र उत्तम राई घाइते भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । गम्भिर घाईते राईको धरान स्थित बी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य दुई जनाको बेलबारीको २४ घण्टे उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीलाई उदृध गर्दै पत्रकार अर्जुन जम्नेली राईले जनाउनु भएको छ । यसैवीच गए राती विराटनगरको जतुवा चोकमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ भने अन्य ६ जना घाईते भएका छन् ।
राती साढे ९ वजे जोगवनीवाट विराटनगर तर्फ आउदै गरेको बा।५।च।५८ नम्वरको मारुती भेन र विपरित दिशावाट जादै गरेको एद्यण्।ज्ञ। द्यऋ ढद्ध डट नम्वरको मालबाहक ट्रक एक आपसमा ठोक्कीदा भेनका चालक जोगवनीका क्षेदी भनिने पिन्टु शाहको घटनास्थलमै मृत्यू भएको हो । नामा परी गम्भिर घाईते भएका भेनमा सवार अन्य ६ जनाको कोशी अाचल अस्पताल र न्यूरो हस्पिटल विराटनगरमा अहिले उपचार भईरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरी सुनसरीले जनाएको छ ।
घटना पछी फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ भने दुवै सवारी साधनलाई सिमा प्रहरी चौकी रानीको नियन्त्रणमा राखिएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।