सरिता पुमा राई
धरान चैत्र ४ गते । प्रत्येक वर्ष सुख्खा मौसम शुरु भएसँगै नेपाल खानेपानी संस्थान धरान शाखा कार्यलयको वातावरण तातिन्छ तर गर्मीले भने होईन । धारामा पानी आएन भन्दै कार्यलय घेराउ गर्न आउने उपभोक्ताहरुको आक्रोशले कार्यलयको तापक्रम वर्षेनी बढ्ने गरेको छ ।
यसवर्ष पनि कार्यलयले यही अवस्था भोग्न शुरु गरेको छ । मंगलबार धरान ९ का उपभोक्ताहरु ग्ााडी रिजर्भ गरेरै संस्थान पुगे र आफ्नो गुनासो पोखे । उपभोक्ताहरु त्यतिबेला आक्रोसित भए जब कार्यलयका प्रमुख ब्यक्तिहरु भेाटिएनन् । सो समय कार्यलयमै रहनुभएका वितरण प्रमुख काली प्रसाद शर्मामाथि उनीहरु खनिए र ुकि हाकिमलाई हाजिर गराउ होईन भने पानी नियमित पठाऊ भन्दै र्याख्र्याख्ती पारे ।
कार्यलय घेर्न आउने जानकारी पहिल्यै पाएकाले कार्यलय प्रमुखहरु भ्ाागेको उपभोक्ताहरुको आरोप थियो । अन्ततः पानी नियमित पठाउने बचनबद्धता लिएर उपभोक्ताहरु घर फर्के । अर्को टोलमा पानी नियमित आईरहेको भएपनि चार दिन अघिदेखि आफ्नो टोलमा पानी नआएकोले बाध्य भएर कार्यलय नै आउनुपरेको धरान ९ कि उपभोक्ता मिना विकले बताउनुभयो । दिनमा एकचोटीका लागि मात्रै भएपनि पानी पठाईदिए आफुहरुलाई केही राहत हुने उहाँको भनाई थियो । विशेष गरी नपाका ९ ११ १२ १० १६ १५ लगायत वडाहरुमा पानीको अभाव हुँदै आएको छ ।
सुख्खा मौसम शुरु भएसँगै प्रत्येक वर्ष पानीको हाहाकार हुने र आक्रोसित उपभोक्ताहरुको समुहले कार्यलय घेरिने संस्थानका लागि पुरानो समस्या हो । धरान नगरपालिका क्षेत्रका लागि दैनिक १ करोड ७० लाख लिटर पानीको माग रहेकोमा सुख्खा मौसममा त्यसको करिब पचास प्रतिसत मात्रै आपुर्ति हुन सकेकोले पानीको अभाव हुने गरेको संस्थानले जनाएको छ । अन्य समयमा साचालनमा रहेका पानीका श्रोतहरु यस मौसममा सुक्ने भएकाले पानीको अभाव हुने गरेको वितरण प्रमुख शर्माले बताउनुभयो । सुख्खामा यति चाँडै पानीको अभाव शुरु नहुने भएपनि चारकोशे जंगलमा रहेका पानीका चारवटा बोरिङ्ग मध्ये एक विगि्रएकाले यसवर्ष अलि चाँडो पानीको अभाव शुरु भएको उहाँले बताउनुभयो । सो बोरिङ्ग मर्मतको क्रममा रहेको र मर्मत सकिएपछि अभाव भएका ठाउँहरुमा पानी आपुर्ति नियमित हुने उहाँको भनाई थियो ।
धरानका लागि अल्पकालिन रुपमा पाँचकन्याको मारखोलावाट र दिर्घकालिन रुपमा सुनसरीको चतरावाट पानी आपुर्ति गर्ने योजना भएपनि आर्थिक अभावका कारण सो योजना पुरा हुन सकेको छैन । दुवै योजना नेपाल सरकारसमक्ष पेश गरिएपनि मन्त्रालयवाट पर्याप्त आर्थिक निकाशा नहुँदा योजना अघि बढाउन गाह्रो भएको कार्यलय प्रमुख हाडाले बताउनुभयो । अल्पकालिन र दिर्घकालिन दुवै योजना पुरा हुने टुङ्गो नहुँदा संस्थानले सुख्खा मौसममा नगर क्षेत्रमा दिनको एकचोटीमात्रै पानी आपुर्ति गर्दै आएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।