चैत्र ३ गते ।जेष्ठ नागरिक अस्पताल र पाथिभारा सामुदायीक भवन निर्माण लगायतका उद्देश्य राखि आजबाट बिराटनगरमा श्रीमद्देविभागवत् महापुराण ज्ञान महायज्ञ सुरुभएको छ । ज्ञान महायज्ञमा वाचन प्रविण दिनबन्धु पोखरेलले प्रवचन गर्नुभएको छ । विहान पंडित दिनबन्धु पोखरेललाई बिराटनगरमा भव्य स्वागत गरी नगरपरिक्रमा गराइएको थियो ।
पोखरेलले पाथिभराको अवतार भएकी मानिएकी देवी आरती पौडेलको दर्शन गरी महायज्ञ आरम्भ गर्नुभएको हो । महायज्ञबाट करिव १५ करोड रुपैया सहयोग संकलन हुने अनुमान महायज्ञ आयोजक समितिले गरेको छ । महायज्ञमा दान गर्नुहुने दानवीरहरुलाई सम्मान गर्ने र १ करोड ५० लाख भन्दा बढी दान गर्नेको िसंगमरमरको प्रतिमा बनाई स्थापना गरिने आयोजकले जनाएको छ ।
महायज्ञ चैत ११ गते सम्म संचालन हुने जनाईएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।