दमक, -एकिकृत नेकपा माओवादी पार्टीले जनबिद्रोहको तयारीका लागि विहीवार झापाको दमकमा माई पश्चिम आर्कका ३ सय धेरै पार्टी एरिया कमिटी सदसयहरुलाई एक दिने प्रशिक्षण प्रदान गरिएको छ । पार्टीका कोचिला राज्य समितिका प्रमुख तथा केन्द्रीय सदस्य गौरीशंकर खड्काले प्रशिक्षणमा वोल्नुहुँदै हामिले विदेशी प्रभू र स्वदेशी पश्चगामीहरु नेपालको म्ाओवादी संग गलिसकेकाले उनीहरुलाई पराजित गर्न एकपटक फेरी जनविद्रोह गर्नुपर्ने भएको वताउनुहुँदै जनताको पक्षमा हुने आगामी विद्रोहमा सवै नेपालीले साथ दिनुपर्ने वताउनुभयो ।
प्रशिक्षण अवसरमा माईपश्चिम आर्क संयोजक सीपी कँडरियाले यस क्षेत्रमा विभिन्न नेता तथा कार्यकर्ताहरुको कार्य विभाजन गरेका थिए । पार्टीका जिल्ला कमिटी सचिव अग्निले संगठनका गतिविधिहरुबारे जानकारी गराउँदै पार्टीको हित विपरीत कार्य गर्ने नौ जनालाई कारवाही गरिएको साथै
पार्टीको हितमा राम्रा कामगर्ने ९४ जनालाई पदोन्नती गरिएको पनि कार्यक्रममा जानकारी दिइएको थियो । कठपुतली सरकारको विरुद्ध र नयाँ संविधान वनाउनकालागि जनविद्रोह गर्नुको विकल्प नभएको ठहर गर्दै एमाओवादीले यसको तयारीकालागि देशैभरी यसकिसिमको प्रशिक्षण आयोजना गरिरहेको छ । पार्टीले एक महिनाभित्र जनविद्रोह गर्ने योजना वनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।