नगेन्द्र राई
६ चैत्र दमक । पाको खजुरगाछी क्षेत्रमा अन्तराष्ट्रिय नियम विपरित दशगजा क्षेत्रमा भारतले एक्लौटी रुपमा वाटो निर्माण थालेपछि झापाका प्रमुख जिल्ला अधिकारीको पहलले हाललाई निर्माण कार्य स्थगन गराईएको छ ।
नेपालको विभिन्न भू-भाग भारतले मिचेको समाचारहरु आईरहेकैवेला भारत किशनगाज जिल्लासँग जोडिएको झापाको दक्षिणवर्ती खजुरगाछीमा रहेको नो मेन्स लैण्ड दशगज क्षेत्रमा भारतीय पक्षले बाटो निर्माण कार्य सुरुगरेपछि केही दिन अघि स्थानियवासीहरुले विरोध गरेका थिए । झापाका प्रजिअ कुमार श्रेष्ठको एक टोलीले स्थलगत अवलोकन गरेपछि भारतको स्थानिय प्रशासक कर्मचारी संग भेटगरी बाटो निर्माण रोक्न सहमति भएको हो ।
दुवै देशका सरकारको उच्च तहमा सहमति नहुाजेलसम्म बाटो बनाउने काम रोक्न भारतीय पक्ष सहमत भएको झापाका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले बताए । ुनो मेन्स लैण्डको सुरक्षा गर्नुपर्नेमा दुवै देशका अधिकारीहरु सहमत रहेको उनीहरुले बताएका छन् । यहाँ नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठ सहायक प्रजिअ लेखनाथ पोख्रेल सीमा सुरक्षा कार्यालय झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चन्द्रप्रसाद भट्ट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रविन्द्रराज शर्मा सहित जिल्लास्थित राजनीतिक पार्टीका प्रतिनिधिहरु र भारतीयका तर्फवाट सीमा सुरक्षा बल एसएसवीका एसआई समिर दास फत्तेपुर थाना प्रमुख आरपी जैसवाल सहितका भारतीय सुरक्षा अधिकारी सहभागी थिए । खजुरगाछी-१ र भारतको किशनगाज जिल्लाको खनियावात पाचायत फत्तेपुर बीचमा रहेको १६÷२-१५८÷५५३ र १४२-१४३ नम्बरको सीमास्तम्भ पार गरेर १२ फुट चौडाईको करिब ७ सयमिटर क्षेत्रमा बाटो निर्माण गरेका हुन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।