Saturday, March 20, 2010

अलवीदा गिरिजाबाबु

७ चैत, काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ । कोइरालाको मध्यान्ह १२ बजेर १० मिनेटमा निधन भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा उहाँको मृत्यु १२ बजेर १० मिनेटमा देहावसन भएको औपचारिक घोषणा गरेको छ । आकस्मिक बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि रंगशालामा विहान ८ बजेदेखि २ बजे सम्म राखिने बताउनुभयो । दिउँसो २ बजेपछि शव यात्रासहित उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । कांग्रेसले उहाँको योगदानका कदर गर्दै राष्ट्रिय शोकको रुपमा सार्वजनिक विदा घोषणा गर्न सरकारसंग आग्रह गर्ने निर्णय पनि गरेको थियो ।
स्वर्गिय कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि शनिबार अपरान्ह साढे ३ बजेदेखि मण्डिखाटारमा राखिएको छ । मण्डिखाटारमा अन्तिम श्रद्धान्जलिका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, कुटनीतिक नियोगका प्रतिनिधी, शुभचिन्तक, सर्वसाधरणहरुको ठूलो भिड लागेको छ ।
भोलि आइताबार विहान ८ बजे सम्म कोइरालाको पार्थिव शरीरलाई छोरी सुजाताकै निवास मण्डिखाटारमा राखिने छ । आफ्नी एकमात्र सन्तान छोरी सुजाता निवासमा उपचारको क्रममा उहाँको निधन भएको हो । काङ्ग्रेस सभापति कोइरालालाई अस्पतालको जस्तै विशेष व्यवस्था गरी घरमै उपचारको व्यस्था गरिएको थियो । लामो समयदेखि स्वासप्रश्वास रोगले पीडित कोइराला गएरातिदेखि नै अचेत हुनुहुन्थ्यो । उहाँलाई चौबिसै घण्टा कृत्रिम अक्सिजन दिएर राखिएको थियो । केहीदिन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि कोइरालालाई काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचार गरिएको थियो । उपचार पछि स्वास्थ्यमा सुधार आएको भन्दै पुनः मण्डिखाटारस्थित सुजाता निबासमा लगेर उपचार गरिएको थियो ।

कोइराला पाँच पटक प्रधानमन्त्री भए
२०४८ जेठ १५ – २०५१ मंसीर १३
२०५५ वैशाख २ – २०५६ जेठ १६
२०५६ चैत्र ८ – २०५८ साउन १०
२०६३ वैशाख १२ – २०६५ साउन ३१

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।