नाम - गिरिजाप्रसाद कोइराला
जन्म मिति - १९८१ साल असार १८ गते
जन्मस्थान - बिहार सहरसा टेडी भारत
पिता - कृष्णप्रसाद कोइराला
माता - दिव्या कोइराला
शिक्षा - आइए
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात वि।सं। १९८१ मा स्व। कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाको कान्छा छोराको रुपमा भएको हो ।
त्यतिबेला कोइराला परिवारले जहानियाँ राणा शासनको विरोध गरेवाफ्त भारतको बिहार राज्यको टेडी सहर्षामा निर्वासित जीवन बिताइरहेको थियो । उहाँ गर्भमा रहेका बेला उहाँका माता पिता गिरिजादेवीको मन्दिरमा जाने गर्नुहुन्थ्यो र सन्तान जे जन्मे पनि गिरिजाप्रसाद या गिरिजादेवी राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । उहाँले भारतबाट अङ्ग्रेज धपाउने आन्दोलन नजिकबाट देख्ने मौका पाउनुभयो र अल्पायुमा नै राजनीतिमा लाग्नुभयो । सन् १९५०-५१ को नेपालमा प्रजातन्त्र पुनर्बहालीको राजनीतिमा लागेका कोइराला सन् १९४७-४८ को विराटनगरस्थित जुटमीलको मजदुर हडतालमा सकि्रय सहभागी हुनुभयो । राणाशासनमा परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली काङ्ग्रेस मोरङ जिल्ला सभापति हुनुभयो । उहाँ नेपाल ट्रेड युनियन काङ्ग्रेस नेकाको मजदुर एकताका लागि खोलिएको भातृ संगठन को संस्थापक सदस्य एवं स्थापनाकालको अध्यक्ष हुनुभयो । २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उहाँले तर्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेता गणेशमान िसंह कृष्णप्रसाद भट्टराई र अरु सैयौं नेतासँग नजरबन्द र त्यसपछि ७ वर्ष लगातार जेल सजाय भोग्नुभयो । २१ दिन भोक हड्ताल गरी उहाँ सन् १९६७ मा जेलबाट छुट्नुभयो । सन् १९८६ मा उहाँकी धर्मपत्नी सुस्मा कोइरालाको निधन भयो । कोइरालाले सन् १९७१ देखि भारतमा निर्वासन बिताउनुभयो । सन् १९७६ मा भारतको पटनामा भएको नेकाको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि उहाँ डेढ दशकसम्म २०३३-४७ सो पदमा रही २०४८ को आमनिर्वाचिनपछि जननिर्वाचित प्रधानमन्त्री २०४८ साल जेठ १२ देखि २०५१ मंसिरसम्म रहनुभयो । प्रधानमन्त्री नियुक्त हुँदा कोइराला नेपाली काङ्ग्रेसका महामन्त्री हुनुहुन्थ्यो । कोइराला २०४८ को आमनिर्वाचनमा मोरङ क्षेत्र नं। १ सुनसरी क्षेत्र नं। ३ का साथै २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नं। १ र सुनसरीको क्षेत्र नं। ५ बाट निर्वाचित हुनुभयो । २०५३ साल वैशाख २६-२८ मा काठमाडौंमा भएको नेकाको नवौँ महाधिवेशनमा उहाँ पार्टी सभापति हुनुभयो । सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि प्रतिनिधिसभामा सबभन्दा ठूलो दल नेपाली काङ्ग्रेस संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै २०५४ साल चैत ३० गते दोस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । २०५४ साल फागुन २१ गते प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा एमाले विभाजन भएपछि नेपाली काङ्ग्रेस प्रतिनिधिसभामा सबभन्दा ठूलो दलको रुपमा स्थापित भयो । कोइराला नेतृत्वको सरकारमा पछि नेकपा एमाले विभाजन भएपछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी माले सम्मिलित भयो । कोइराला नेपाली काङ्ग्रेसका सभापति तथा संसदिय दलका नेता हुनुहुन्थ्यो । अल्पमत सरकारका प्रधानमन्त्रीबाट राजीनामा गरेपछि नेपाली काङ्ग्रेस नेकपा एमालेलगायतको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रोपटक २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । काङ्ग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा विजयी भएपछि २०५६ साल चैत ७ गते चौथोपटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो । उहाँले २०५८ साल साउन ४ गते पदबाट राजीनामा दिनुभयो ।
जनआन्दोलन २ पछि २०६३ वैशाखमा उहाँ फेरि पाँचौ पटक प्रधानमन्त्री बन्नुभयो । संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन िसंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम विश्वमा चर्चित छ । ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाँको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रित हुनुभयो । राजा ज्ञानेन्द्रले संकटकाल लगाई उहाँ लगायत अन्य संसदवादी दलका नेताहरुलाई नजरबन्द र गरफ्तार गरेपछि उहाँले २०६२ सालमा जनयुद्ध लडिरहेको कम्युनिष्ट पार्टीसँग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमै माओवादीसँग राजतन्त्रबिरुद्ध सहमति गरेपछि काङ्ग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर कोइरालाको ब्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै हुनुभयो । कोइरालाकी एकमात्र छोरी सुजाता हाल एमाले नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्छ । नेपाली काङ्ग्रेसमा कोइरालावाद हावी भएको भन्दै कोइरालाले आलोचना पनि खेप्नु परेको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।