Sunday, March 21, 2010

कोइरालाको निधनको खबरले कांग्रेस कार्यकर्ताको मृत्यु

८ चैत, विराटनगर । नेपाली राजनीतिका शीखर पुरुष पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको निधनको खबर सुनेर धनकुटा कांग्रेसका जिल्ला सदस्य शिवकुमार उदासको गएराती मृत्यु भएको छ ।
धनकुटा नगरपालिका ४ का ७१ वर्षिय उदास राति ८ बजे टीभीवाट कोइरालाको निधनवारे समाचार हेरिरहेको समयमा एक्कासी लड्दा उनको मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । हृदयघातका विरामी समेत रहेका उदासको त्यसैका कारण मृत्यु भएको जनाईएको छ ।
उदासको शबमा धनकुटा काँंगे्रसका सभापति मनोहरनारायण श्रेष्ठले पार्टी झण्डा ओढाउनु भएको थियो । उनको आजै तमोर नदीमा दाहसंस्कार गरिएको धनकुटा कांग्रेसले जनाएको छ ।a
दाहासंस्कार अघि विहान उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी धनकुटा नगरपालिकामा राखिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।