Monday, March 22, 2010

अस्पताल भर्ना भएका एक भूटानी शरणार्थी वोपत्ता

नगेन्द्र राई
९ फागुण दमक । उपचारका लागि विराटनगर स्थित कोशी अाचल अस्पताल भर्ना भएका दमक स्थित वेल्डाँगी शिविरका एक भूटानी शरणार्थी गत शनिवार देखि वोपत्ता छन् । बेल्डाँगी शिविर नं।-१ सेक्टर सी÷१ छाप्रा नं।-७८÷७९ मा वस्ने वर्ष ४५ का टिकाराम सार्की हुन् । आम्दा अस्पातल दमक बाट कोशी अंचल अस्पताल विराटनगर रिफर भई भर्ना भएका सार्की चैत्र २ गते देखि अस्पातल बाटै बेपत्ता भएका हुन् । अस्पातलको रिपोट अनुसार सार्कीको शरीरमा र्कोनिक लिबर रोग अजचयलष्अ ष्खिभच म्ष्कभबकभ भएको उल्लेखछ ।
उनी पूरुषवार्डबाट बेपत्त भएको टिकारामका भाई मोतीलाल सार्कीले प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ ।  आफ्नो विरामी दाजुको खोजी कार्यमा अस्पातललाई अनुरोध गर्दा चासो नदेखाएका मोतीलालको भनाई छ । रातो बर्णको टिकारमको उचाई ५ फिट पातलो शरिर कोठे सर्ट र सेतो पेन्ट लगाएको अनुहारमा विविरा भएको प्लाष्टिको चप्पल लगाएको बोल्दा प्रायहरु भन्ने थेगो लगाएर बोल्ने हुलिया परिवारले दिएका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।