Tuesday, March 23, 2010

दवावका लागि पत्रकारले अन्तरकृया गर्ने

दमक । निर्धारित समय भित्र संविधान निर्माण गर्नेको लागी क्रान्तिकारी पत्रकार संघ झापाले दवाब मुलक अन्तकि्रया कार्यक्रम गर्ने भएको छ । संघको झापा जिल्ला कार्य समितीको मंगलबार बिर्तामोडमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जसको लागी झापाको दमक र बिर्तामोडमा केन्द्र बनाएर निर्धारीत समयमा संविधान लेखन बिषयक सर्वपक्षिय अन्र्तकि्रया गर्ने संघका झापा अध्यक्ष तारामणी सापकोटाले बताए ।
 त्यस्तै गरी निर्धारित समयमा संविधान लेख्नको लागी दलहरुलाई खवरदारी गर्नको लागी संाचार माध्यमहरुले खेल्नु पर्ने भुमिकाको बारेमा पनि छलफल चलाउने सापकोटाले जनाए । यो दवाब कार्यक्रम झापा जिल्लामा मात्र होईन राज्य स्तरमा पनी साचालन गरीने बताईएको छ । संघका कोचिला राज्य समितीका अध्यक्ष बिबेक गौतमका अनुसार मोरङ र सुनसारी जिल्लामा पनी अन्य संगठनहरु सग मिलेर वा छुट्टै रुपमा दवाब कार्यक्रम गर्दै लगिने छ । दलहरु संविधान निर्माणलाई छोडेर अन्यत्रै कुरामा रुमल्लीरहेको ले उनीहरुलाई जिम्मेवार बनाउन अभियानको रुपमा नै यो कार्यक्रमलाईं साचालन गर्न लागीरहेको संघको केन्द्रिय सदस्य समेत रहनुभएको गौतमले बताए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।