नगेन्द्र राई
दमक १० फागुण । ३ दशक देखि जग्गाको लालपुर्जा नपाएका चुलाचुली ईलामका वासिन्दाहरुले पुर्जा पाउने वताईएको छ । यो भन्दा अघिपनि पटक पटक पुर्जा वितरण गरिएपनि सवै जग्गा धनीहरुले पुर्जा पाएका थिएनन् । चैत्र १२ गते बिहीवार देखी पुनः पुर्जा बाँडीने बिर्तामोडमा रहेको चुलाचुली अव्यावस्थित बसोवार समाधन समितिले जनाएको छ ।
१ हजार ४५ जग्गा धनीहरुलाई पुर्जा बाँड्नकालागि तयारी भईरहेको समितीका अध्यक्ष दिननाथ घिमीरेले बताए । यसअघिपनि सभामुख सुवास चन्द्र नेम्बाङको उपस्थितिमा पुर्जा बाँडनको लागि तयार गरिएपनि दलहरुको असमझदारिका कारण पुर्जा बाँड्न रोकिएको थियो ।
ऐलानी जग्गामा बसोवास गदैै्र आएका यहाँका बासिन्दाहरु लालपुर्जा पाउने आसामा ३५ वर्षदेखि प्रतिक्षारत छन् । समस्या समाधान गर्नकालागि यो सहित बनेको आयोगको संख्या २३ पुगेको छ । यी मध्ये पहिलो १६ वटा आयोग वस्ती उठाउनको लागि बनेको थियो भने पछिल्लो ७ वटा जग्गा धनिपुर्जा दिलाउनको लागि बनेको हो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।