Thursday, March 25, 2010

लिम्बुवानकोलागि राष्ट्रिय पार्टी

नगेन्द्र राई
१२ फागुन दमक  । संघिय लोकतान्त्रिक राष्ट्रिय माच लक्षमण थारु नेत्रित्वमा आवद्ध संघिय लिम्बुवान राज्य परिषदका संयोजक तथा संविधान सभासद राजकुमार नाल्वो लिम्वुले वास्तविक लिम्वुवान प्राप्तीका लागि लिम्बुवान वासीहरुलाई राष्ट्रिय पार्टी आवस्याक भएको विहीवार वताउनुभएको छ ।
परिषदद्वारा विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा वोल्नुहुँदै नेपालमा पश्चिममा थारुहट देखि पुर्वमा लिम्वुवान सम्मको सवल संघीय राज्य निर्माण गर्नकालागि राष्ट्रिय पार्टीको आवस्यक भएकाले एकताको अधिवेशनवाट संघीय लोकतान्त्रिक राष्ट्रिय माच गठन भएको वताउनु भयो ।
लक्षमण थारु अध्यक्ष रहेको माचमा आवद्ध संघीय लिम्बुवान राज्य परिषदका संयोजक नाल्वोले आदिवासी-जनजाती दलित मधेसी महिला लगायत सवैखाले उत्पीडित वर्गको मुक्तिका लागि माच र परिषदको आवस्यक्ता भएको पनि वताउनुभयो ।
गएको फागुन ७ र ८ गते काठमाण्डौंमा सम्पन्न माचको एकता अधिवेशनले भुमिगत अर्धभुमिगत र शान्तिपुर्ण राजनीति गरिआएका १० वटा जातिय अधिकारमुखि राजनीति संगठनहरुलाई माचमा गोलवद्ध गराएको वताउ नाल्बोले बताउनुभयो । उहाँले अधिवेशनमा माचका बहुमत प्रतिनिधिले अनुमोदन गरेको राष्ट्रिय पार्टीलाई कुमार लिङदेन नेत्रित्वको संघीय लोकतान्त्रिक राष्ट्रिय माच र संघीय लिम्वुवान राज्य परिषद आधिकारिक नभएको पनि उहाँले स्पष्ट पार्नुभयॊ । उहाँले हाल लिम्वुवान संगठन विस्तार तिव्र भएको पनि वताउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।