Tuesday, March 16, 2010

नागरिक आन्दोलनको धर्ना आज पनि जारी

चैत्र, ३ ।समयमै संविधान वन्नुपर्ने मागसहित पटक-पटक आन्दोलन गर्दै आएको लोकतन्त्र र शान्तीका लागि नागरिक आन्दोलनले गत तीनदिनदेखि शुरु गरेको १ सय घण्टे नागरिक धर्ना आज तेस्रो दिनपनि जारी रहेको छ ।
वानेश्वरमा रहेको संविधानसभा भवनको वाहिरपट्टी आईतवार विहान १० वजेदेखि शुरु भएको नागरिक धर्नामा विभिन्न जिल्लाका नागरिक समाजले समेत साथ दिएका छन् ।
आजको धर्नामा दाङ्का नागरिक समाजले अगुवाई गर्ने वताईएको छ । राजनीतिक दलहरु संविधान निर्माणमा भन्दा सरकार वनाउने र भत्काउने काममा व्यस्त भएको भन्दै धर्ना शुरु गरिएको नागरिक आन्दोलनमा अगुवाहरु वताउँछन् ।
सहमतीको वाटो खोज्नेतर्फ दलहरु लागेमा सहमतीको वाटो निस्कने आन्दोलनका अगुवा डा।देवेन्द्रराज पाण्डेको भनाई छ । लोकतान्त्रिक पद्धती संस्थागत नभएससम्मका लागि नागरिक आन्दोलनले खवरदारी गरिरहने पनि डा। पाण्डेले वताउनु भयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।