डीबी आङबुङ
झापा , १७ चैत्र। नेपाल सरकार मन्त्री परिषदको २०६६ चैत्र १७ गते बसेको बैठकले गत २०६५ चैत्र ६ गते लिम्बुवानी विद्यार्थी आन्दोलनको क्रममा धुलाबारी, झापा, लिम्बुवानमा सशस्त्र प्रहरीद्वारा गोली हानी हत्या गरिएका संघीयवादी लिम्बुवानी विद्यार्थी आन्दोलनका प्रथम शहीद मनिल तामाङको परिवारलाई क्षतिपूर्ति स्वरुप रु. दशलाख प्रदान गर्ने निर्णय गरेको छ ।
सङ्गठनको माग अनुसार गत २०६६ जेष्ठ १२ मै सरकारद्वारा शहीद घोषणा गरिएका शहीद मनिल तामाङको परिवारलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदअन्तर्गतको भातृसङ्गठन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको विशेष पहल र आन्दोलनको बलमा बल्ल रु. दशलाख क्षतिपूर्ति दिने निर्णय भएको हो ।
संघीय विद्यार्थी युनियन, लिम्बुवान राज्य परिषदका सदस्य मनिल तामाङलाई विद्यार्थी आन्दोलनको क्रममा हत्या गरी राष्ट्रिय शहीदसमेत घोषणा गरिएको करिब वर्षदिन बितिसक्दा पनि परम्पराअनुसार दिँइदै आएको क्षतिपूर्ति नदिइएका पछि मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र यसको भातृ सङ्गठन संघीय विद्यार्थी युनियन, लिम्बुवान राज्य परिषदले विभिन्न चरणमा सरकारलाई ज्ञापन पत्र दिएर आन्दोलन गर्दै आएको थियो । यही सिलशिलामा निर्णायकआन्दोलनको घोषणा गर्दै गत चैत्र ६ गते लिम्बुवान बन्द गरेर पनि माग पूरा नभए ८ गतेबाट अनिश्चितकालीन लिम्बुवान आम हड्तालको कार्यक्रम तय गरेको थियो । तर, चैत्र ६ गतेको लिम्बुवान बन्दपछि सरकारसँग बैठक बसी माग पूरा गर्ने मौखिक आश्वासन भएपछि चैत्र ८ गतेदेखि गर्ने भनिएको आमहड्तालको आन्दोलन स्थगन गरिएको थियो ।
शहीद मनिल तामाङ पृथ्वीनगर ४ झापा लिम्बुवान निवासी हुन् र उनको जन्म २०४९ मङ्सिर २ गते भएको हो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।