विराटनगर ३० चैत । शान्तिपूर्ण धर्नामा बसेका जीवन विकास समाज विराटनगरका कर्मचारीमाथि व्यवस्थापन पक्षले आक्रमण गरी ७ जनालाई घाइते बनाएको छ । सेवा सुविधाका मागहरु राखि आन्दोलनमा रहेका कर्मचारीहरुको पुर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार कार्यालय अगाडि भएको धर्नामा उनीहरुमाथि आक्रमण भएको हो । आक्रमणबाट कर्मचारी धर्मेन्द्र राजवंशी प्रमिल राजवंशी र प्रभा पौडेललगायत घाइते भएका छन् । टाउको र शरिरका विभिन्न भागमा चोट लागेका उनीहरुको कोशी अाचल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
विनाकारण सरुवा गर्न नपाइने कर्मचारीहरुलाई सेवा सुविधा दिनुपर्ने लगायतका माग राखि आन्दोलनमा उत्रिएका कर्मचारीहरुलाई व्यवस्थापन पक्षले केही युवा परिचालन गरी आग्रमण गर्न लगाएको आरोप पीडितहरुले लगाएका छन् । दुई पक्षमा विभाजित भएका कर्मचारीहरु भध्ये एउटा पक्षले कार्यालयमा ताला लगाउन खोजेपछि तनाव भएको हो । व्यवस्थापन पक्षका व्यक्तिहरुले प्रहरी टोलीमाथि समेत आक्रमण गरेपछि प्रहरीले उनीहरुलाई लाठीचार्ज गरी त्यहाँबाट हटाएको थियो ।
यसैबीच जायज माग राखेर शान्तिपूर्ण धर्नामा बसेका कर्मचारीहरुमाथि जीवन विकास समाजको व्यवस्थापन पक्षले गरेको आक्रमणको नेपाल राष्ट्रिय कर्मचारी महासंघ मोरङका अध्यक्ष हरि आँपगाईले भत्स्रना गर्नुभएको छ । वार्ताबाट समस्या समाधान गर्नुको साटो भाडाका गुण्डाहरु प्रयोग गरी आक्रमण गर्नु कायरतापूर्ण भएको भन्दै यस्ता कार्य नगर्न महासंघले चेतावनी दिएको छ ।
कर्मचारीहरुमाथि भएको आक्रमणको नेपाल राष्ट्रिय कर्मचारी संगठन जीवन विकास समाज ईकाई र एकीकृत नेकपा माओवादी मोरङले समेत भत्स्रना गरेका छन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।