
भारतबाट आयात गरिएको हाइबि्रड जातको मकैको बीउ रोपेकोमा दाना नलागेपछि कृषकहरु आन्दोलित भएका हुन् । प्रोएग्रो पाइनीयर श्रीराम सिडटेक मंसुण्डो शुभम् आदी कम्पनीले उत्पादन गरेको मकैमा दाना नलागेको कृषक समुहले अर्थमन्त्रीसमक्ष पेश गरेको ज्ञापनपत्रमा उल्लेख छ । कृषकहरुले गएको कात्तिक १५ देखि मंसिर २५ गतेसम्म रोपेको मकैमा दाना नलागेको बताएका छन् ।
कृषकहरुले आम्दानीको मुख्य खेती डुबेको भन्दै सरकारले क्षतिपुर्ती दिनुपर्ने माग गरेका हुन् । उनीहरुले कृषिमा प्रयोग भएको मकैको बीउ मजदुरी रासायनीक मल तथा िसंचाई वापतको खर्च र क्षतिपुर्ती सरकारले उपलव्ध गराउनु पर्ने माग गरेका छन् ।
ज्ञापनपत्र बुझाउदै कृषकहरुले माग पुरा नगरे चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । यस अघि आइतबार नै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका थिए ।
बाराका कृषकहरुले आन्दोलन गरेपछि सरकारले उनीहरुलाई ३० करोड क्षतिपुर्ती उपलव्ध गराउने निर्णय गरेपछि मोरङका पीडित कृषकहरु आन्दोलनमा उत्रिएका हुन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।