- जनताको जीत नहुँदासम्म आन्दोलन नरोकिने माओवादी अध्यक्ष प्रचण्डको भनाइ ।
काडमाण्डौ, बैशाख १८ । माओवादी अध्यक्ष प्रचण्डले जनताको जीत नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभएको छ । १२१ औं मई दिवसको अवसरमा आज राजधानीमा भएको बृहत जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता नागरिक सर्वोच्चता शान्ति र संविधानको मुद्धामा माओवादीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । वर्तमान सरकारलाई टिक्न दिए जनताप्रति ठूलो गद्दारी हुने भन्दै प्रचण्डले वर्तमान सरकारलाई सडकबाटै ढाल्ने चेतावनी दिनुभयो । नेपालको इतिहास र विश्वकै इतिहासमा ठूलठूला राजनीतिक परिवर्तनहरु जनताको बलमा सडकबाटै भएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले गण्ँतन्त्र संघीयता धर्मनिरपेÔता लगायतका परिवर्तन पनि जनताको आन्दोलन बाटै सम्भव भएको तर्क गर्नुभयो ।
शान्ति संविधान र राष्ट्रिय स्वाधीनताका लागि एक बÈ्रसम्म गरेको आन्दोलनलाई सरकारले बेवास्ता गरेकाले बाध्य भएर कठोर आन्दोलन गर्नुपरेको प्रचण्डको भनाइ थियो । वातर्ँ र संवादको माध्यमबाट समाधान खोज्न प्रयत्न भइरहेको भए पनि सजिलै सहमति हुने सम्भावना नरहेको उहाँको भनाइ थियो । गठबन्धनमा रहेका दलहरु जिम्मेवार नदेखिएकाले सहमतिको सम्भावना कम रहेको प्रचण्डले बताउनुभयो । अझै पनि माओवादी वातर्ँ र संवादको माध्यमबाट समाधान खोज्न गम्भीर रहेको प्रचण्डको भनाइ थियो । लाखौं जनता सहभागी जनसभामा प्रचण्डले संवाद्बाट समाधान नभएपछि बाध्य भएर सडक आन्दोलनमा जानु परेको जिकिर गर्नुभयो । सबै जनता सडकमा उत्रिए एकै दिनमा आन्दोलन सफल हुने भन्दै प्रचण्डले आन्दोलनमा सहभागी हुन सबै वर्ग पेशा व्यवसाय र भूगोलमा रहेका जनतालाई आग्रह गर्नुभयो । माओवादी भारत र चीनसँग २१ औं सताब्दीको चेतनाअनुकुलको समानतामुलक सम्बन्ध स्थापित गर्न चाहन्छ भन्दै प्रचण्डले भूमि मिचिएको स्वाधीनता र राष्ट्रियतामाथि हस्तक्षेप भएको टुलुटुलु हेर्न नसक्ने जिकिर गर्नुभयो । भारतले माधव नेपाललाई उचालेर र नेपाली सेनाको कमाण्डलाई हाक्न चाहेको हो भने त्यो भारतीय नेताहरुको गम्भीर त्रुटी हुने चेतावनी दिनुभयो ।
प्रचण्डले परिवर्तनलाई आत्मसाथ गरिसकेको नेपाली सेनाले हरुवा सरकारको इसारामा लाखौं जनतामाथि दमन नगर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा माओवादी महासचिव रामबहादुर थापा बादलले अबको आन्दोलनले २१ औं शताब्दीको नयाँ पेरिस कम्युन जन्माउने दावी गर्नुभयो । जनताको आन्दोलन सरकारका लागि असाधारण धक्का हुने र प्रतिकि्रयावादीसँगको अन्तिम लडाइ हुने बादलले टिप्पणी गर्नुभयो ।
कार्यक्रम सुरु हुनुअघि राजधानीका विभिन्न १८ स्थानबाट लाखौं जनता सहभागी जुलुस निस्किएको थियो । सरकारले माओवादी जनप्रदर्शन िहंसात्मक हुने भन्दै ठूलो संख्यामा सुरक्षुकर्मी परिचालन गरेको भए पनि र् याली र जनसभा निकै व्यवस्थित अनुशासित देखिएको थियो । र् यालीमा विभिन्न जातजातिका संस्कृति झल्कने झाँकी तथा जनसभामा विभिन्न कलकारहरुबाट गीत तथा नृत्य प्रदर्शन गरिएको थियो । जनसभाको रिपोर्टिङ गर्न देश विदेशका साचारकर्मीहरुको बाक्लो उपस्थिति थियो ।
सडकमा गएर कराउदैमा सरकार परिबर्तन गर्न सकिने हो भने राजावादीहरु हो जाउ सडकमा तताउ सडक र दलहरुलाई पाखा लगाउ कसैले के भन्दो रहेछ हेरौ, कम्तिमा हिजो मावादीको भन्दा १ जना बढि भएर जाउ सत्ता तिमिहरुकै हुनेछ फेरी गर अनिश्चित आम हड्ताल भोर बोराका बोरा शिशि र प्रेटोल
ReplyDelete