विराटनगर ७ जेठ । एथलेटिक्सका विभिन्न १० स्पर्धा जित्दै मोरङको दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०६६ को उपाधी मृगौलिया स्थित ब्राइटपुयूचर अंग्रेजी बोर्डिङ्ग स्कूलले जितेको छ ।
ब्रााइटपुयूचरले छात्रातर्फका ४ सय मिटर दौड १५ सय मिटर ३ हजार मिटर १०० गुणा ४ रिले सर्टपुट ज्याब्लिङ थ्रो हाइजम्प एवं छात्रतर्फको ५ हजार मिटर ४ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिले दौडमा स्वर्ण पदक जितेको हो ।
तियोगितामा मोरङ सिद्राहाको वाणी माविले ४ स्पर्धामा प्रथम स्थान प्राप्त गरेको छ । उसले छात्रातर्फको लङ्जम्प र १ सय मिटर दौड एवं छात्रतर्फको १५ सय मिटर र लङ्जम्प स्पर्धामा प्रथम स्थान हात पारेको हो ।
प्रतियोगितामा विराटनगरको मदर टेरेशा बोर्डिङ्ग स्कूल छात्रतर्फको १०० मिटर र सर्टपुटमा प्रथम भएको छ । त्यस्तै कोशी विद्या मन्दिरले छात्रा २ सय मिटर जनपि्रय माविले छात्र २ सय मिटर र शारदा माविले छात्र हाइजम्पमा प्रथम स्थान प्राप्त गरेका छन् । छात्रातर्फको भलिबलमा विराटनगरको आदर्श बालिका मावि प्रथम र छात्रातर्फ इडेन नेशनल बोर्डिङ्ग स्कूल प्रथम भएका छन् ।
जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा बुधवारदेखि साचालित प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्राइटपुयूचरकी समिक्षा खड्का घोषित भइन् । यस्तै छात्रा भलिबलतर्फको वेष्ट प्लेअर उपाधी मोडर्न एरा वोडिङ्ग स्कूलकी विनीता कार्की र छात्रतर्फ इडेन नेशनलका एलिन कार्की घोषित भए ।
प्रतियोगिता अन्तर्गत छात्र एथलेटिक्सको उत्कृष्ट तीन टिम र तीन उत्कृष्ट विद्यालयमा ब्राइट फयूचर बाणी मावि र मदर टेरेसा क्रमशः प्रथम द्धितीय र तृतीय घोषित भए । त्यस्तै छात्रा एथलेटिक्सको उत्कृष्ट तीन टिममा ब्राइटफयूचर बाणी मावि र शारदा मावि क्रमशः प्रथम द्धितीय र तृतीय घोषित भएका छन् ।
मोरङका २७ निजी तथा सामुदायीक विद्यालयको सहभागिता रहेको दोस्रो राष्ट्रपति रनिङ शिल्डको समापन समारोहमा विजेता खेलाडी तथा टिमलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टी मोरङका अध्यक्ष मोहम्मद कादीर प्रमुख जिल्ला अधिकारी शसिशेखर श्रेष्ठ मोरङका प्रहरी प्रमुख एसपी दीपककुमार थापा नेपाल पत्रकार महासंघ मोरङका कार्यवहाक अध्यक्ष विक्रम निरौला लगायतले संयुक्त रुपमा शिल्ड प्रदान गर्नु भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।