विमर्श उप्रेती
काँकडभिट्टा । हात्तीपीडित क्षेत्रको रुपमा चिनिएको झापाको पूर्वाेत्तर गाविस बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न सोलार पेनल विद्युतीय तार घेराबारा गरे पनि सो प्रविधि प्रभावकारी भएको छैन ।
नेपाल सरकारको ३० लाख जिल्ला विकास समितिको १६ लाख र स्थानीय उपभोक्ताबाट संकलित १४ लाख गरी जम्मा ६० लाखको लागतमा निर्माण गरिएको उच्च प्रविधिको सोलार पेनल समेत हात्ती नियन्त्रणको लागि प्रभाबकारी नभएको हो ।
तार घेराबारापछि पहिलेको तुलनामा हाल हात्ती आतंक केही कम भएपनि पूर्ण रुपमा नियन्त्रण हुन नसकेको घेराबारा निर्माण उपभोक्ता समितिका सचिव निरज घिमिरेले जानकारी दिनुभयो । २०३२ सालदेखि भारतीय हात्तीको आतंक सुरु भएको बाहुनडाँगीमा हालसम्म जंगली हात्तीले २६ जनाको ज्यान लिइसकेा छ ।
प्रत्येक दिनजसो आउने जंगली हात्तीले कृषकहरुले दःुख गरी लगाएको धान मकै गहुँ नरिवल सुपारी केरा लगायतका अन्न बाली तथा नगदेबाली नष्ट गरी लाखौंको धनमालमा क्षति पुर् याउँदै आएको छ । हात्तीको उपद्रोबाट सो क्षेत्रका बासिन्दाहरुको प्रतिमहिना ३० देखि ३५ लाख रुपैयँंासम्मको धनमाल क्षति हुनॆ गरेको छ ।
हात्ती आक्रमणको उच्च जोखिममा रहेको बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि मौरीपालन गर्ने खोला किनारमा केरा खेती गर्ने काँडे विरुवा रोप्ने डोरीमा गि्रज र खोसा्रनी दल्ने टुंसी बनाउने हात्ती धपाउन फगि लाइट लगाउने हात्ती लखेट्न ट्याक्टर कुदाउने पटका पड्काउने साइलन हर्न बजाउने ढ्यांग्रो ठोक्ने जस्ता काम गर्दै आएका छन् । तर त्यस्ता प्रयासहरुबाट हात्ती नियन्त्रण संभव नभएपछि विद्युतीय तारको घेराबारा निर्माण गरिएको हो ।
केही दिनयता मात्र बाहुनडाँगीमा साँंझको ६ बज्न नपाउदै भारतबाट जंगली हात्ती प्रवेश गरी कृषकहरुले लगाएको करिब २० बिघा बराबरको धानबाली नष्ट गरिसकेको तिरिङ्ग प्रहरी चौकीका इाचार्ज चण्डी बस्नेतले जानकारी दिनुभयो । हात्ती लखेट्न पटका पड्काएर संभव नभएपछि ३०-४० राउण्ड हवाई फायर समेत गर्नुपरेको इाचार्ज बस्नेतले जानकारी दिनुभयो ।
हात्ती समस्या सधैंका लागि अन्त्य गर्ने उद्देश्यले सोलार पेनल विद्युतीय तारको घेराबारा गर्दा समेत हात्ती आतंक कम नभएपछि स्थानीयवासी चिन्तित भएका छन् । भारतको नक्सलबाडी केराबारी आसपासको क्षेत्रबाट डेढ दुई सयको हुलमा आउने हात्तीको आतंक कुरेर बस्नुको विकल्प नरहेको स्थानीयको भनाई छ ।
हात्ती समस्या दिर्घकालिन रुपमा समाधानको भारत र नेपाल सरकारको संयक्त पहलमा प्रभावकारी कदम चाल्न आवश्यक रहेको बाहुनडाँगीवासीको भनाई छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।