Thursday, May 27, 2010

सेनजीको संझनामा

तक्मा केसी, -
सहिद कृष्ण सेनकी जीवन सङगिनी
मिति २०४८ माघ ११ गते हाम्रो विवाह भयो । इच्छुकले विवाहलगत्तै के भन्नुभएको थियो भने “सन्तान भएमा एउटा जन्माउने, नभए पनि ठीकै छ, हाम्रा सन्तान तिनै हुन्छन् जसलाई हामीले सिर्जना गर्नेछौा ।” मेरो कमजोर शरीर देखेर सन्तान नहुन सक्छ भन्ने आशङ्काले शायद त्यो मलाई दिएको आश्वासन थियो भने अर्कोतर्फ सिर्जना गर्ने सपना र दृढ सङ्कल्प पनि थियो । त्यसबेला उहााको पहिलो पुस्तक शोकाञ्जली खण्डकाव्य भर्खर प्रकाशित भएको थियो । 

त्यो सङ्ग्रह लेख्न पााचवर्ष लागेको र लेख्न अत्यन्तै कठिन र पीडा भएको कुरा इच्छुकले मसाग अभिव्यक्त गर्नुभएको थियो । म स्वयम् पनि त्यो काव्य पढ्न सक्तिनथे, भक्कानिन्थे, बलिन्द्रधारा आाशु झर्थे । जुन सङ्ग्रह सेनजीले आफ्ना मित्र सहिद मित्रमणि आचार्यको हत्याको शोक र आक्रोशमा लेख्नुभएको थियो ।
साहित्यमा उहााको विधा कविता भएकाले यसको सङ्ग्रह प्रकाशन गर्ने तीव्र चाहना थियो । तर, पत्रपत्रिका, साङ्गठनिक व्यस्तता, पारिवारिक कठिनाइहरू आदिले लेखनमा बाधा थियो । त्यसमा उहााले बेलाबखत गुनासो पनि गर्नुहुन्थ्यो । इच्छुकले धेरै पुस्तक प्रकाशन गर्नुभन्दा थोरै निकाल्ने, तर उत्कृष्ट निकाल्ने इच्छा व्यक्त गर्नुहुन्थ्यो । उहााको पछिल्लो कृति बन्दी र चन्द्रागिरी राजविराज कारागारमा हुादा प्रकाशित भयो । कविताको चन्द्रागिरीसाग मैले इश्र्या पनि गरेा । अर्कोतर्फ म स्वयम् त्यो पात्र हो कि भन्ने पनि लाग्यो र पढ्दा अत्यन्त प्रभावित र भावुक भएा । त्यो सङ्ग्रह प्रगतिशील साहित्यिक फााटमा चर्चित बन्यो । त्यसले पाएको चर्चापरिचर्चाले त्यो एउटा असल सन्तानको रूपमा जन्म्यो भन्ने लागेको छ मलाई, उहााका इच्छा र चाहना जस्तै । तर, अब त्यो सन्तान हाम्रो मात्र रहेन, त्यो त समस्त क्रान्तिकारीहरूको कालजयी सन्तान बन्यो । यसले ‘इच्छुक’ लाई निकै सन्तुष्ट बनाएको थियो । अर्कोतर्फ हाम्रो जैविक सन्तान छोरी समीक्षा पनि ठूली भइसकेकी छ । ऊ आफ्नो बाबालाई बुझ्ने भइसकेकी रहिछ । अस्तिको उसको अन्तर्वार्ताले यही पुष्टि गर्दछ । यसबाट म सन्तुष्ट छु । केही मद्दत पक्कै पुर्‍याएको छ ।
‘इच्छुक’ लाई समाज, देश र जनताको निम्ति केही योगदान गर्न नपाई मरिन्छ कि भन्ने ठूलो चिन्ता थियो । तर, उहााले त असल सन्तान मात्र दिनुभएन आफ्नो मृत्युलाई समेत सार्थक र महान् बनाउनु भयो ।
इच्छुक लेख्ने क्रममा आफूलाई चित्त नबुझ्दासम्म कविताहरू परिमार्जित गरिरहनु हुन्थ्यो । त्यसैले मलाई कहिलेकाही लाग्थ्यो, लेख्न साह्रै गार्‍हो हुादोरहेछ क्यारे Û प्रसव पीडाजस्तै । जुन कुरा अहिले मैले स्वयम् अनुभव गरिरहेकी छु । साथीहरू लेख्न आग्रह गर्नुहुन्छ, म पटक्कै सक्दिन । मैले लेख्न सुरु गर्छु, ठूलो पहाडले थिच्छ, अत्यन्तै पीडा हुन्छ, असैहृय वेदनाले भरिन्छु, आाशुहरूले अक्षर मेटिन्छन् । तर, पनि लेख्ने कोशिस गरिरहेछु । मैले लेख्नुपर्छ, अझै धेरै लेख्नुपर्छ । अजम्मरी सपना देख्ने मेरो पि्रय जीवन साथीको सपना पूरा गर्न पनि लेख्नै पर्छ । देश र जनताका निम्ति बलिदानको समेत प्रवाह नगरी सहिदी मृत्युवरण गर्ने इच्छुकका निम्ति लेख्नुपर्छ ।
पि्रय इच्छुकले हामीलाई सार्थक जीवन र सार्थक मृत्यु दिएर अदम्य साहस, शौर्य र गौरव प्रदान गर्नुभएको छ । त्यसैले हामीले भन्नै पर्ने हुन्छ- बन्दी र चन्द्रागिरी साक्षी राख्दै शोकाञ्जली मात्र पिएर तिम्रा अजम्मरी सपनाहरू प्रतिबन्ध भएको देख्न सक्ने छैनौा, हामी इतिहासको यस घडीमा ।
राष्ट्रिय सहिद घोषणा भइसकेको अवस्थामा पनि यही संविधानसभा र गणतन्त्र स्थापनाका लागि पनि त्यो मृत्यु महान् र सार्थक छ । तर, अहिलेका सरकारमा बस्नेहरू सहिद र सहादत शब्दसम्म पनि उच्चारण गर्न साहस गर्दैनन् । किनभने उनीहरू नै हत्याका नाइके थिए । सत्य, यथार्थ र इतिहासलाई कसैले मेट्न सक्दैन । आज तिनै सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमा राज गर्दै तिनै खलनायकहरूका अनुहार बारम्बार पर्दामा देखिन्छ । यो कस्तो बिडम्बना हो ? के सधै यस्तै भइरहला ? के जनताका बैरीहरूले नै शासन गरिरहलान् ? के एक दिन सहिदका सपना पूरा नहोलान् त ? के उनीहरूको रगत र बलिदान त्यसै खेर जाला त ? के हाम्रा आाखाकाट खुसीका आाशुहरू पनि बग्ने दिन नआउलान् र ? के हामी सधै यसैगरी पिल्सिरहने हो त ? तर, त्यस्तो हुने छैन । यो देशमा गरिबहरूको पनि दिन आउछ, इच्छुक स्वयंले भने जस्तै ।
म यति रोऊा, यति धेरै रोऊा कि बैरीहरू रुझुन्
मेरो जन्म नै बस् सिमको खेत झैा,
रोएर सारा याम भिजाउनलाई मात्र हो ।
म यति रोऊा, यति धेरै रोऊा
कि बैरीहरू भनुन्
मेरो सारा जिन्दगी नै अब
केवल आाशुको रहमा डुब्नुलाई मात्र हो ।
जरुर
म रुादै जानेछु
मेरो आाशु रगतमा बित्रिादै जानेछ,
म रुादै जानेछु,
मेरो पीडा प्रतिशोधमा बदलिदै जानेछ,
मनको आवेग हो, समुन्द्रमा उठ्ने ज्वारभाटाजस्तै
त्यो व्यथित मन सहजै शान्त बनेपछि
चित्तका सारा मैलो पनि धोएर जानेछ
यसबेला
मित्र हो, यति सम्झ,
खडेरीले डढेर रोएको झरीजस्तै
निर्मम र निर्दयी भावनाले चरक्क मन पोल्या,े
र, म रोएा,
सदा दिन आाशुले मलाई जितिरहने छैन,
दोपहरमा दर्केर परेको घाम पानी जस्तै,
एकछिन असीम करुणाले धरक्क मुटु धक्र्यो
र म रोए,ा
भरजीवन पीडाले मलाई जितिरहने छैन,
केही पल आाशुमा डुबुन्, डुब्न देऊ,
केही पल उदासीमा बितुन्, बित्न देऊ,
मित्र हो, यति सम्झ
पराई आाशुले पग्लेर टप्केको बलेनी जस्तै
क्षणभर संझनाले चरक्क छाती चक्र्यो
र म रोएा,
हरपल भावुकताले मलाई थिचिरहने छैन,
यो रक्तिम युद्ध हो वर्गसङ्घर्षको
हाम्रो विकट जिन्दगीका हर सङ्कटपूर्ण घडीमा
यो कठोर वास्तविकतालाई मैले भुल्ने छैन ।
त्यसैले पि्रय इच्छुकहरू, हामी तिम्रा सपनाहरू पूरा गर्न आाशुमा मात्र डुब्ने छैनााै । हामी अनन्त लडिरहने छौा । एक दिन हाम्रो विजय जरुर हुनेछ । त्यो जनताको जित हुनेछ । त्यो इच्छुकहरूको सपनाको विपना हुनेछ । स्वयम् इच्छुकले भने जस्तै ः
सााचो अर्थमा जबसम्म
जीवन जीवन बन्न सक्ने छैन
आजको यो करूप धर्ती
मानव जातिको सुन्दर बस्तीमा
बदलिन सक्ने छैन,
तबसम्म जारी रहनेछ
सुन्दर संसार निर्माण गर्ने हाम्रो सङ्कल्पको यात्रा,
तबसम्म जारी रहनेछ
साझा संसार निर्माण गर्ने हाम्रो सङ्घर्षको यात्रा,
र एक न एक दिन जरुर
हाम्रो विश्वासको सभ्य संसार
हाम्रो गुलावी विपनामा फेरिनेछ,
र, यो एक्काईशौँ शदी हाम्रो मुक्तिको महान् शदी हुनेछ,
र यो तेस्रो सहश्राब्दी
हाम्रो विजयको महान् सहश्राब्दी हुनेछ ।

2 comments:

  1. sahid krishna shen ko barema padhdha 2060 bhadau 22 ko ghatna yaad aayo.tyo din mero aafnai dai kamred UMAKANTA KHANAL"KALYAN" (kapilvastu) ko sahadat vayeko thiyo,maile ta sahid shen ko purai amsa padhnai sakin.
    sahid shen lai mero lalsalam.......

    ReplyDelete
  2. Sarita ji Umakanta khanal aaba tapaiko matra dai hoina mero ani aam nepali janataako dai hunu va6.

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।