Monday, May 24, 2010

जात नमिलेको भन्दै जोडी छुटाईयो

विराटनगर १० जेठ । आपसी प्रेमपछि कानुनी विवाह गरेका एक नवजोडीलाई जात नमिलेको भन्दै जबरजस्ती परिवारले अलग बनाएका छन् ।झापा कोरोबारी ७ घर भई मोरङको रंगेली बस्दै आएका २१ वर्षीय भोलाप्रसाद ठाकुर र झापा कोहबरा ६ की २३ वर्षीय कल्पना राजवंशीको जोडीलाई जात नमिलेको भन्दै केटीका अभिभावकले जबरजस्ती छुटाएर लगेका हुन् । 
आफूहरु बिहे गरेर रंगेली बस्दै आएकोमा कल्पनाका बाबुले धाकधम्की दिएर चोरीको आरोप समेत लगाई जवरजस्ती कल्पनालाई छुटाएर लगेको भोलाले बताए । झापाको गौरीगाज क्याम्पसमा सँगसँगै पढने क्रममा प्रेम भएपछि उनीहरुले विवाह गरेका थिए ।
कल्पना र भोलाले गत वैशाख २७ गते मोरङको रंगेलीमा मन्दिरमा गन्धर्व बिहे गरेका थिए । उनीहरुले मोरङ जिल्ला अदालतबाट जेठ ४ गते बिहेको नाता प्रमाणित पनि गरिसकेका थिए । बिहेपछि विराटनगरको मधुमारामा डेरा लिएर बस्दै आएका उनीहरुलाई केटीको माइती पक्षकाले बारम्वार धम्की दिएको भन्दै सुरक्षा माग्दै जिल्ला प्रहरी कार्यालयमा समेत पुगेका थिए । प्रहरीले दुबै पक्षका अभिभावकलाई बोलाएर सहमति गराए पनि विराटनगरमा असुरक्षित भएपछि उनीहरु रंगेली गएर आफन्तकोमा बसेका थिए । केटी पक्षले झुठा आरोप लगाएर आपुनी श्रीमति अपहरण गरेर लगेको भोलाप्रसादले बताउनु भयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।