सरिता पुमा राई
धरान १८ जेष्ठ । विगत केही समयदेखि महंगो सवारी साधन चोरी गरी नक्कली नम्वर प्लेट टासेर चलाइने गरेको ट्राफिक कार्यालयले जनाएको छ । मंगलबार धरानमा पत्रकारसँगको कुराकानीमा यस्तो जानकारी गराइएको हो । ट्राफिक प्रहरीका अनुसार सवारी चेक जाचको क्रममा दुइ महिनाको अवधिमा ७ वटा मोटरसाइकल र एउटा कार चोरीको प्रयोग भएकेा फेला परेको छ । पक्राउ परेका मोटरसाइकलहरुमा कोशी मेची र वाग्मति अाचल कार्यालयको नम्वर प्लेट प्रयोग गरीएकेा छ भने कारमा नारायणी अाचलको नम्वर प्लेट राखिएको छ । पक्राउ परेका मोटरसाइकलहरुमा ३वटा पल्सर २वटा हिरोहोण्डा १वटा टिभिएसकेा आपाचि र टिभिएसको भिक्टोर र इण्डीका कम्पनीको सेतो कार रहेकेा छ ।
कारमा ना६ च २१०९नम्वरको नम्वर प्लेट राखिएकेा छ । अहिलेसम्म ना २ च जारी रहेकेामा ना ६ च आएपछि शंका लागेर पछि गर्दा प्रहरीलाई देखेर चालक कार छोडेर भागेकेा ट्राफिक प्रमुख रोशन आर्चायले वताए । चोरीका मोटरसाइकल अधिकांश ग्रामिण क्षेत्रमा प्रयोग हुने गरेकेा र वजार ल्याएकेा अवस्थामा ट्राफिक जाचका क्रममा पक्राउ पर्ने र कागज पत्र लिएर आउछु भनेर गएपछि पक्राउ पर्ने डरले नआउने गरेकेाले पक्राउ परेका ७ वटा मोटरसाइकल र कार मंगलवार नै आन्तरीक राजश्व कार्यालय इटहरीमा पठाइएको आर्चायले जानकारी दिए ।
पक्राउ परेका मोटरसाइकल र कारमा प्रयोग भएकेा नम्वरको वारेमा सम्वन्धित यातायात कार्यालयमा जानकारी लिदा दर्ता भएकेा नपाइएकेाले राजश्वमा वुझाइएको दाहालको वताए ।
प्रहरीले चोरीको मोटरसाइकल राजनीतिक दलका नेताहरुले नै प्रयोग गर्ने गरेको जनाएको छ। कार छुटाउन जिल्ला स्तरका ठूला नेता समेत दवाव दिएकेा दावी गरे । उनीहरुका अनुसार कार छुटाउनका राजनीतिक दलका जिल्ला तहका नेता समेतले दवाव वताइएपनि ती नेताको नाम भने उनीहरुले खुलाउन चाहेनन । प्रहरीले यसरी ग्रामीण क्षेत्रमा यस्ता सवारी साधनको बृद्धि हुनुको कारण ग्रामिण क्षेत्रमा ट्राफिक प्रहरी नहुने र सवारी चेकजाच पनि नहुने भएकोले चोरीको त्यस्ता मोटरसाइकल ग्रामीण क्षेत्रमै बढी प्रयोग हुने गरेका छन् ।
केही समय यता चोरीको मोटरसाइकल ल्याएर पहाडी क्षेत्रमा विकि्र गर्ने र नक्कली नम्वर प्लेट प्रयोग गर्ने गिरोह निकै सकृय रहेकेा छ । त्यस्ता मोटरसाइकलहरु कतिपय भारतबाट चोरी गरेकेा मोटरसाइकल र कतिपय एउटा अाचलबाट अर्को अाचलमा लगेर नम्वर प्लेट फेरेर चलाउने गरीएकेा पाइएको प्रहरीको दावी रहेकेा छ
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।