Tuesday, June 8, 2010

बिउ उत्पादनमा मोरङ आत्मनिर्भर

विराटनगर २५ जेठ। जिल्लामा स्थापना भएका बिउ उत्पादक संघ संस्थाहरुको सकि्रयताका कारण मोरङ बीउका लागि आत्मनिर्भर भएको छ ।   जिल्लामा विभिन्न आठ वटा व्यवसायीक बिउ बिजन केन्द्रले काम गरेका कारण विगतमा देखिएको बिउको समस्या अव हल भएको जिल्ला कृषि कार्यालय मोरङले जनाएको छ ।
कृषकहरुले सधैं खेतिको मौसममा बिउको समस्या खेप्नु परेपछि किसानहरुले ग्रामिण तहमै विभिन्न सहकारी स्थापना गरेर बिउको जोहो गर्न थालेपछि समस्या समाधान भएको हो । कृषि कार्यालयका वालिविकास अधिकृत अशोककुमार देवले सहकारीको कारण आगामी दिनमा मोरङले बिउको समस्या खेप्नु नपर्ने दावी गर्नुभयो ।
अधिकांश कृषकहरुले बिउको जोहो नगर्ने र खेती लगाउने समयमा बिउ खोज्दै हिड्नु पर्ने अवस्थामा त्यसले उत्पादनमा समेत नकारात्मक असर पुर् याउने गरेको थियो । विराटनगर र मोरङका विभिन्न ग्रामिण क्षेत्रमा स्थापना भएका बिउ उत्पादक समुहहरुले कृषकहरुलाई बिउको समस्याबाट मुक्त बनाएका हुन् । मोरङका बीउ उत्पादक समुहरुले झापा सुनसरी र सप्तरीसम्म बिउ बिक्री गरेको बताईएको छ ।
मोरङ बाहुनीमा कालिकास्थान वहुउद्देश्यीय किसान संघ टंकिसिनुवारी कृषि उपज बजार व्यवस्थापन समिति रामजानकी कृषी फारम बिराटनगर लावा बिउ उतपादक संस्था सयपत्री बिउ उत्पादक संस्था लगायतले जिल्लामा बिउको व्यवसायिक उत्पादन थालेका छन् । संस्थाहरुमा किसानहरु संगठित छन् र उनीहरुले संस्थाको निर्णय अनुसार सबैले आफ्नो खेतिको निश्चित क्षेत्रफलमा बिउ उत्पादन गर्दछन् । बिउ उत्पादन गर्न नसक्ने कृषकलाई सहकारीले सहयोग गर्ने गरेको छ ।
यस बर्ष बीउ उत्पादन संस्थाहरुले आगामी वर्षका लागि आवश्यक पर्ने गहुँ र मुसुरोको बीउ जोहो गरेका छन् । उनीहरुले गहुँ मुंगको दाल र मुसुरो पनि निर्यात गर्न सक्ने परिमाणमा रहेको जानकारी दिएका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।