Tuesday, June 8, 2010

धमाधम पक्राउ वर्कसका नेताहरु

धरान २५ जेठ। पुर्वी पहाडी जिल्लामा सशस्त्र गतिबिधि गर्दै आएको हतियारधारी समुहका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । खोटाङको विभिन्न प्रहरी चौकीमा आक्रमण गर्ने किरात जनवादी वर्कस पार्टीका महासचिबसहितका नेता पक्राउ परेको एक साता नबित्दै प्रहरीले सोही पार्टीका सहसचिब हाङ्सा किराती भनिने दिनेश राई पक्राउ परेका छन् । कोशी अाचल प्रहरी कार्यालय धरानको टोलीले सोमबार धरान १५ स्थित एक घरबाट वर्कसका नेता उदयपुरको बेलटार-६ लामेचौरी घर भएका २९ वर्षीय राईलाई पक्राउ गरेको हो ।
राईले एक महिना अघि खोटाङको नुनथला प्रहरी चौकीमा वर्कस कार्यकर्ताले गरेको आक्रमणको जिम्मा लिएका थिए । पक्राउ परेका राईको साथबाट १ थान क्यामरा लेटरप्याड वर्कस पार्टीको बिधान हतियार बोकेर कम्ब्याड डे्रस लगाएको फोटोसहितका सामाग्री प्रहरीले बरामद गरेको छ । राईसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकोमा उनकी वहिनी रमा राई र वुहारी अरविना राईलाई भने अनुसन्धानपछि छाडिएको अाचल प्रहरी कार्यालयका प्रमुख एसएसपी मिङ्मार लामाले जानकारी दिनुभयो । रमा राईको घरबाट उनीहरु पक्राउ परेको जनाइएको छ ।
हाङ्सालाई प्रहरीले धरानबाट प्रहरीले पक्राउ गरेको वर्कस पार्टीका केन्द्रीय अध्यक्ष विवश विद्रोहीले टेलिफोनबाट साचारकर्मीहरुलाई समेत जानकारी गराएका थिए । प्रहरीले तीन दिन अघि मात्रै वर्कसका केन्द्रीय नेतासहित ५ जनालाई हातहतियारसहित धरानमा सार्वजानिक गरेको थियो । तीन वर्ष अघि २०६४ सालमा खोटाङको हुक्नाचोर प्रहरी चौकी चिसापानी चौकी देवीस्थान प्रहरी चौकी र एक महिना अघि बैसाख २१ गते नुनथला प्रहरी चौकीमा आक्रमण गरी हातहतियार लुट्ने समुहका सदस्यहरु धमाधम पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले नुनथलाबाट लुटिएका हतियारसमेत खोटाङको रतन्छाबाट सोमबार फेला पारेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।