झापा जेठ २६ । झापाको घेरावारी ७ का मोटे सतारले गएराती घरमा श्रीमती संग अनैतिक संम्बन्ध राखेको आरोपमा स्थानिय एक युवकलाई छुरा प्रहार गरी गम्भिर घाईते बनाएका छन् । राती साँढे ७ वजे सतारले स्थानिय ४० वर्षिय दुर्गाप्रसाद भण्डारीलाई छुरा प्रहार गरी घाईते बनाएका हुन् । बजारवाट घरमा आउँदा श्रीमती शुक्रमणीसंग भण्डारी बसिरहेको फेला पारेपछि मोटेले भण्डारीमाथी छुरा प्रहार गरेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । छुरा प्रहारवाट गम्भिर घाईते भण्डारीको ओम साई माता पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने सतारलाई प्रहरीले राती नै नियन्त्रणमा लिएको छ ।
Wednesday, June 9, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।