Wednesday, June 9, 2010

किसोरी केन्द्रको अनुगमन

जेठ २६ गते । सुनसरीको विभिन्न १० गावीसमा संाचालन भएको किसोरी केन्द्रमा भईरहको गतीविधि र कार्यक्रमको बारेमा आज अनुगमन गरिएको छ । प्लान नेपाल र नारी विकास संघ विराटनगरको प्राविधिक सहयोगमा संचालन भएको किसोरी केन्द्रहरु मध्ये सिमरीयाको उत्सुक्ता किसोरी केन्द्र र औरावनीको दुर्गा महिला केन्द्र गरी दुई केन्द्रको अनुगमन गरिएको हो । संघको प्राविधिकमा व्यवहार परिवर्तनका लागी संचार कार्यक्रम अन्र्तगत संाचालन भएको किसोरी केन्द्रमा जिल्ला विकास समिति महिला विकास कार्यालय पत्रकार नारी विकास संघ र प्लान नेपालले अनुगमन गरेको संघका निर्देशक रामशुन्दर मेहताले जानकारी दिनुभयो । अनुगमनमा परिवर्तनको संकेत देखीएको अनुगमन कर्ता पत्रकार विक्रम निरौलाले बताउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।