Tuesday, June 8, 2010

विकास निर्माण समितिमा विवाद

इलाम २५ जेठे ।  विकास निर्माणको लागि इलाम जिल्लामा गठन भएका अधिकांश उपभोक्ता समितिमा विवाद देखिएको छ । ठूला विकास निर्माणदेखि जिल्ला विकास समिति गाविस लगायतबाट विनियोजित रकम विकास निर्माणमा लगाउने क्रममा उपभोक्ता समितिमा विवाद देखिएको हो । विकास बजेटको क्रममा रकम हिनामिना गर्ने समितिहरु नै भएपछि यस्तो समस्या देखा परेको हो । एउटा पार्टीको प्रतिनिधिले अर्को पार्टीप्रति राख्ने पुर्बाग्रहका कारण विकास निर्माणमा पनि बाधा देखापरेको छ ।

जिल्लाका माईखोला जमुना जौबारी जोड्ने घोरेटो बाटोको लागि छुट्टिएको १३ लाखा रुपैयाँ रकम उपभोक्ता समितिको विवादको कारण अलपत्र परेको छ । त्यस्तै नयाँबजार र गोर्खे जोडिने जोगमाईखोलामा पुल निर्माणको लागि छुट्टिएको २ लाख रुपैयाँमा मुख्य तीन राजनीतिक दलको विवादका कारण काम सुरु हुन सकेको छैन । दशक अगाडि निर्माण भएको पुल भत्किएपछि जिल्ला विकास कार्यलयले छुट्टाएको २ लाख रुपैयाँ परिचालनको लागि गठन हुने उपभोक्ता समितिमा एकीकृत नेकपा माओवादी नेपाली काँंग्रेस र नेकपा एमालेले अध्यक्षको दावी गरेपछि समिति गठन हुन सकेको छैन । पुल निर्माण हुन नसक्दा नयाँबजार गोर्खे प्याङ्ग सोयाङ्ग जमुना जोगमाई फिक्कल लगायत एक दर्जन बढि गाविसका बसिन्दालाई प्रत्यक्ष प्रभाव पारेको छ ।
त्यस्तै माईपॊखरी देउराली हुदै सन्दकपुर सडक निर्माणको लागि छुट्टिएको रकममा उपभोक्ता समिति निर्माणको क्रममा विवाद भएको स्थानीयवासीले बताएका छन् । रकम छुट्टिएपनि उपभोक्ता समिति निर्माणको क्रममा अधिकांश गाविसमा विवाद हुने गरेको छ ।
उपभोक्ता समितिको विवाद समाधान गरी तत्काल काम सुरु नभए बिजियोजित रकम पि्रुज हुने जिल्ला विकास समितिको कार्यालय इलामले जनाएको छ । उपभोक्ता समितिको निर्माणको क्रममा भएका विवाद जिल्ला विकास समितिसम्म आउने गरेको जिविसले जनाएको छ । तर जिविसले विवाद गाउँमै मिलाएर आउनु भनेर फर्काइदिने गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।