बु¢वीर राई
इलाम २५ जेठ । इलामको प्याङ्ग गाउँ विकास समितिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नबस्दा समस्या भएको छ । केन्द्रमा एक जना चिकित्सकक स्वास्थ्य केन्द्र डाक्टरविहिन इलाम २५ जेठे÷ इलामको प्याङ्ग गाउँ विकास समितिमा रहेको प्राथमिक स्थ्य केन्द्रमा लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नबस्दा समस्या भएको छ । केन्द्रमा एक जना चिकित्सकको दरबन्दी भए पनि त्यहाँ दरबन्दी भएका डा।बासुदेव बाँस्कोटा दुई वर्ष अघिदेखि जिल्ला अस्पताल इलाममा कार्यरत रहेकोले सो क्षेत्रका जनता सेवा लिनबाट बिाचत भइरहेका छन् ।
दरबन्दी भएपनि डाक्टर नआएपछि सामान्य विरामीलाई समेत उपचारको लागि सदरमुकाम लैजानुपर्ने बाध्यता रहेको स्थानीवासीले गुनासो गरेका छन् । पटक-पटक डाक्टरको व्यवस्था गर्न माग गर्दै जिल्ला स्वास्थ्य कार्यालयमा स्थानीयवासीले ज्ञापनपत्र पेश बुझाएपनि कार्यालयले बेवास्ता गरेको उनीहरुको भनाई छ ।
विरामीको अत्यधिक चाप हुने गरे पनि केन्द्रमा डाक्टर नबस्दा विरामी जिल्ला अस्पताल आउन बाध्य भएको स्थानीय विमल थेवेले बताउनु भयो । डाक्टरसहित १० जनाको दरबन्दी रहेको केन्द्रमा अहिले एक जना स्टाफ नस्र एक अहेव एक अनमीको दरबन्दी खाली रहेको छ । दरबन्दी अनुसार कर्मचारीको व्यवस्था हुनुपर्ने भएपनि जिल्ला स्वास्थ्य कार्यालयले कर्मचारीको व्यवस्था नगरेको स्थानीयको आरोप छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका अन्य कर्मचारी समेत विरामी आएको बेला भेटाउन नसकिने स्थानीयवासीले बताएका छन् । डाक्टर नहुँदा ज्वरो आउँदा समेत जिल्ला अस्पतालमा नै जानुपर्ने अवस्था रहेको उनीहरुको भनाई छ ।
प्याङ्गमा रहेको स्वास्थ्यकेन्द्र प्याङ्गसहित जमुना जोगमाई नयाँबजार र सोयाङ्ग गाविसको लागि स्थापना गरिएको हेा । केन्द्रमा डाक्टर नहुँदा प्याङ्ग-४ की नीरकुमारी लिम्बूले एक महिना अघि ज्यान गुमाउनु परेको थियो । केन्द्रमा डाक्टर भइदिएको भए ती गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु नपर्ने स्थानीय थरेन्द्र लिम्वूको भनाई छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर बस्ने क्वाटरको अभाब भएको र विरामीको खासै नआउने भन्दै डाक्टर बाँस्कोटा जिल्लामै बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । कार्यालयका नायव सुव्वा छविलाल खतिवडाले डाक्टरलाई बस्ने व्यवस्था सरकारले मिलाउनु पर्ने बताउनु भयो ।
केन्द्रमा भौतिक सामग्री अभावमा कर्मचारीलाई समस्या हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पशुपतिनगर फिक्कल मङ्गलवारे र प्याङ्ग गरी चारवटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।