Wednesday, June 9, 2010

उच्च बाँधको विरुद्ध जातीय मोर्चाहरु आन्दोलनमा

इटहरी २६ जेठ । एकीकृत नेकपा माओवादी निकटका विभिन्न जातीय संगठनहरुले सप्तकोसी उच्चबाँध परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन डिपीआर तयारीको काम तत्काल नरोकेमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । एकीकृत म्ााओवादीसँग आवद्ध १५ वटा बिभिन्न जातीय मोर्चाहरुले बुधबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी नेपाली जनताको हित विपरीत रहेको आयोजनाको काम नरोके आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । विराटनगरमा मङ्गलबार भएको संयुक्त बैठकपछि जातीय मोर्चाहरुले तत्काल परियोजनाको डिपिआर तयारीको काम नरोकिए असार ३ गतेपछि आन्दोलनमा जाने बताएका छन् । पत्रकार सम्मेलनमा संयुक्त जातीय मोर्चा उत्तरी क्षेत्र कोचिला राज्य समितिका संयोजक मुक्साहाङ मेन्याङ्बो मुकेसले उच्च बाँधको काम रोक्न ३ गते झापा मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गर्ने जानकारी दिनुभयो ।
आफुहरु र स्थानीयवासीको अनुरोधलाई बेवास्ता गरी आयोजनाको काम गरेमा त्यसलाई बन्द गराउने चेतावनी समेत जातीय मोर्चाहरुले दिएका छन् । भारत सरकारले अन्तरष्ट्रिय श्रम संगठन आइएलओ १ सय ६९ को उलङ्घन गरी उच्चबाँध बनाउन लागेको भन्दै उनीहरुले यो काम रोक्नुपर्ने माग गरे । उच्च बाँध निर्माणको काम अन्तरिम संबिधान २०६३ को मर्म विपरीत रहेको समेत उनीहरुको दावी थियो ।
यसअघि उच्च बाँध परियोजनाको डिपिआर तयारीको काम रोक्न एकीकृत माओवादीले चेतावनी दिएपछि रोकिएको काम सरकारको निर्देशनमा दुई दिनपछि सूचारु भएको थियो । माओवादी केन्द्रीय सदस्यसहितको टोलीले शनिबार उच्च बाँध निर्माण स्थल धनकुटा आहाले १ सुनाखरीमा गई परियोजनाको डिपिआरको काम बन्द गर्न चेतावनी दिएपछि काम रोकिएको थियो ।
पत्रकार सम्मेलनमा संयोजक मुकेशले पहिलो चरणमा ज्ञापनपत्र बुझाएर काम रोक्न आग्रह गर्ने र सवासाधारण नेपाली जनताको हित विपरीत प्राकृतिक स्रोत साधनमा लुट मच्चाउने कार्य नरोकिएमा प्रतिकारात्मक र सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले उच्चबाँधले नेपालका झण्डै ८० वटा गाबिस डुवानमा पर्ने भन्दै उच्चबाँध नेपाली मात्र नभएर भारतीय जनताको हितमा समेत नभएको दावी गनुभयो ।
माओवादीले सन् १९४१ र सन १९८१ मा भारतसँग भएको उच्चस्तरीय गोप्य सन्धीको आधारमा उच्चबाँध निर्माण् हुन लागेको र त्यो नेपालको हित विपरित रहेको भन्दै बिरोध गर्दै आएको छ । तीन वर्ष अगाडि पनि माओवादीसहित स्थानीयवासीले सुनसरीको बराहक्षेत्र स्थित उच्चबाँध परियोजनाको कार्यालय तोडफोड गरेपछि डिपीआरको काम रोकिएको थियो ।

1 comment:

  1. NJ casinos accepting players Nov. 13 - JTM Hub
    1 - 10 of 서귀포 출장샵 NJ's 7 안동 출장안마 approved casinos and 11 approved sports betting 여수 출장안마 and casino 익산 출장안마 resorts in the state will 오산 출장샵 welcome Mohegan Sun, MGM Springfield,

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।