Wednesday, June 9, 2010

हतियार प्रहारबाट दुई घाइते

विर्तामोड २६ जेठ । झापाको घेरावारीका एक व्यक्तिले आपुनी श्रीमतीसँंग अनैतिक सम्बन्ध राखेको आरोपमा स्थानीय एक युवकलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएका छन् । घेराबारी ७ का मोटे सतारले मंगलबार राति स्थानीय ४० वर्षीय दुर्गाप्रसाद भण्डारीलाई छुरा प्रहार गरी घाईते बनाएका हुन् । बजारबाट घरमा आउँदा श्रीमती शुक्रमणीसँंग भण्डारी बसिरहेको फेला पारेपछि मोटेले भण्डारीमाथि छुरा प्रहार प्रहरीले जनाएको छ । भण्डारीले आपुनी श्रीमतिसँग अनैतिक संबन्ध राखेको आरोपमा मोटेले छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट गम्भीर घाईते भण्डारीको ओम साई माता पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने सतारलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको जनाएकेा छ ।  त्यसैगरी झापाको राजगढ ९ का ३३ वर्षीय लेजिर सोरेनले मंगलबार राति पैसाको लेनदेनको विषयलाई लिएर विवाद हुँदा धारिलो हतियार दाउ प्रहार गरी स्थानीय ३० वर्षीय माझी मुर्मु सतारलाई गम्भीर घाईते बनाएका छन् । मादक पदार्थ सेवन गरेका सोरेनले लेनदेनको विषयमा विवाद हुँदा माझी मुर्मुलाई टाउकोमा दाउ प्रहार गरी गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ । सतारको मेची अंचल अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ । दाउ प्रहार गर्ने सोरेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।